नाफामा चित्रकथा ‘कान्छा’ को पाण्डुलिपिमाथि बहस
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का कुलपति अग्रज कलाकार कान्छाकुमार (केके) कर्माचार्यको जीवनीमा आधारित चित्रकथा ‘कान्छा’ को पाण्डुलिपिमाथि अग्रज साहित्यकार, लेखक, समालोचक र चित्रकारबीच बहस भएको छ ।
उक्त पुस्तकका विषयमा कलाकार तथा साहित्यकारले चित्रकार कर्माचार्यको जीवनका आरोहअवरोहलाई जीवन्त रूपमा प्रस्तुत गर्न लेखक विजयराज आचार्यलाई सुझाव दिनुभएको छ । उहाँहरूले कर्माचार्यको जीवनीलाई न्याय दिने गरी पुस्तक तयार होस् भनी शुभकामना दिनुभयो ।
अग्रज लेखक मित्रलाल पङ्गेनीको बुझाइमा कुलपति कर्माचार्यको चित्रले श्वास फेरिरहेको महसुस हुन्छ । कर्माचार्यले विगतमा बुद्ध र माक्र्सको घनिभूत छविको आवरण चित्र बनाएको अहिले पनि सुरक्षित स्मरण रहेको सन्दर्भ जोड्दै पङ्गेनी पोख्त कलाकारलाई वास्तविक कलाकारका रूपमा चित्रण गर्न सकिएन भने दुर्घटना हुने बताउनुहुन्छ ।

उहाँले पाण्डुलिपीमा झ्वास्स विषय वस्तुमा पसेर कथानकमा बग्नुपर्नेमा बहाव रोकिएको टिप्पणी गर्नुभयो । चित्रलाई गति, परिवर्तन र जीवन्ततामा बुझ्ने कलाकार मध्ये एक कर्माचार्य भएको र यो पुस्तकमा उहाँका खास मोडका खास कुरा समेट्न छुटाउन नहुनेमा उहाँले जोड दिनुभयो । मसिना कुरा समेट्दा प्रभावकारी नहुने उहाँको सुझाव थियो ।
सहभागी साहित्यकार, कलाकार तथा लेखकले फितलो सम्वाद र कथाले पुस्तकको ओज घटाउनेतर्फ लेखकलाई सचेत गराउँदै कलाकारको गरिमा जोगाएर पुस्तक तयार गर्न सुझाव दिनुभएको छ । कलाकारले यो पुस्तकलाई कलाकारको जीवनीसँगै इतिहासको दस्तावेजीकरण गर्न पनि सुझाव दिनुभएको छ ।
समालोचक राजकुमार बानियाँले चित्रकारको विषयमा पनि पुस्तक बन्दो रहेछ भन्ने देखाउन खोज्नु सफल पक्ष हो भन्नुभयो । “पुस्तकको पहिलो दृश्य नै पासो हो, पाठकलाई पासोमा पार्न सकिएन भने फुत्किन्छ”, बानियाँले सुझाव दिँदै भन्नुभयो, “विचारसँग जोड्यो भने साहित्य मर्छ ।” उहाँले उक्त पुस्तकमा कलाकार कर्माचार्यको वास्तविक कथा आउने विश्वास व्यक्त गर्नुभयो ।
कलाकार केशवराज खनालले मुहार चित्र मात्रै होइन कोलाजलगायत विभिन्न चित्रकलाका सिद्धहस्त कर्माचार्यलाई यो चित्रकथामा जीवन्त कलाकार भनेर चित्रित हुनुपर्नेमा जोड दिनुभयो ।
कृष्णगोपाल श्रेष्ठले पुस्तकमा चित्रकारितासँगै तत्कालीन समयको परिवेश झल्किनुपर्नेमा जोड दिँदै भन्नुभयो, “कलाकारको चित्र नै शक्तिशाली हुन्छ, काठमाडौँ उपत्यका कस्तो थियो, पनौती, भक्तपुर कस्तो थियो, जीवन कथामा बोल्नुपर्छ ।” उहाँले विविधतायुक्त कलाकार कर्माचार्यसँग सम्बन्धित पुस्तक पढेपछि मान्छेलाई उत्प्रेरणाको भोक जगाउन सफल हुनु नै लेखक सफल हुनु हो भन्नुभयो । उहाँले पाण्डुलिपि हेर्दा लेखकीय पक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय वेशभूषा र भाषाको सचित्र वर्णनमा जोड दिनुभयो ।
कुलपति कर्माचार्यले लेखक आचार्यले आफ्नै जीवनीको बारेमा पुस्तक तयार पार्ने सुनाउँदा गर्व महसुस भएको स्मरण गर्नुभयो । आफूले त्यस्तो ठूलो काम केही गरे जस्तो नलागे पनि आफ्नो कामको बारेमा प्रशंसा पाएकोमा खुशी व्यक्त गर्नुभयो । कर्माचार्यले भावुक हुँदै भन्नुभयो, “यसले मेरो बारेमा धेरै अध्ययन भइरहेको रहेछ भन्ने आज थाहा पाएँ, खुशी लागेको छ ।”
उक्त अवसरमा कर्माचार्यले आफ्नो बाल्यकाल स्मरण गर्दै सानोमा केही खराब स्वभावसमेत रहेको बताउनुभयो । उहाँले सानैदेखि कुनै नयाँ सामान घरमा आयो भने त्यो बिगारेर फेरि उस्तै बनाउने बानी रहेको सुनाउनुभयो । त्यसैले पनि उहाँलाई चित्रकारिताको साधनामा सहयोग पुगेको थियो । उहाँले एक पटक विभिन्न चलचित्रहलबाट सामग्री बटुलेर चलचित्रको प्रोजेक्टर नै तयार पारेको समेत सुनाउनुभयो ।
चित्रकथा ‘कान्छा’का लेखक आचार्य कुलपति कर्माचार्यको जीवनी हेर्दा ठुलो कथा सङ्ग्रह बन्ने खालको रहेको बताउनुभयो । उहाँले जीवनको पाटोमा जे भोग्यो त्यो लुकाउनु हुन्न भन्नेमा आफू सचेत रहेको बताउनुभयो । आएका सुझावका आधारमा परिमार्जन गरेर पुस्तक निर्माण गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले कर्माचार्यको जीवनीसँगै तथ्य कुरा राखेर चित्रकथा तयार पार्न लागेको जानकारी दिनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


