निम्तेला है बहिरोपन,लगाउँदा एयरफोन
आजकाल किशोरकिशोरीहरु पकेटमा मोबाइल या आइपड, कानमा एयरफोन लगाउनु फेसनजस्तै चलेको छ । तर, संगितको यो आनन्द जीवनभरका लागि सजाय बन्न सक्छ भन्ने कुराचाहिँ कसैले पनि ख्याल गरेको देखिँदैंन ।
एयरफोनको आवाजले बहिरोपन निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् । ठूलो आवाजका साथ एयरफोन सुन्दा कानको पर्दामा नकारात्मक असर पर्न सक्ने उनीहरुको भनाई छ।

एक अध्ययनअनुसार १५ वर्षयता अमेरिकी किशोरकिशोरीमा बहिरोपनको समस्या तीब्र रुपमा बढिरहेको छ । ५ जनामध्ये १ किशोरीमा यस्तो समस्या देखिएको छ । यसअघि यस्तो समस्या ५० देखि ६० वर्षका व्यक्तिमा हुने गथ्र्यो।
विगत १५ वर्षमा अमेरिकी किशोरमा हल्का या गम्भीर खालको बहिरोपनमा ७० प्रतिशत वृद्धि भएको पाइएको छ । अनुसन्धानकर्ताका अनुसार ५ मध्ये एक किशोरीमा सुन्ने क्षमतामा कमी पाइएको थियो भने २० मध्ये एक जनामा सुन्ने क्षमता निकै कम भएको पाइएको थियो ।
अनुसन्धानको नेतृत्व गरेका बर्मिङघम एण्ड उमन्स हस्पिटलका जोसेफ शरगोरोडस्कार्डका अनुसार हालैका अध्ययनमा किशोरकिशोरीमा आएको सुन्ने क्षमताको कमी चिन्ताजनक छ । खासमा युवाहरु आफ्नो श्रवणशक्ति बचाउने विषयमा ध्यानै दिँदैंनन् । तर अध्ययनमा किशोरकिशोरीबीच बढ्दो बहिरोपनको मुख्य कारण उल्लेख गरिएको छैन ।
अनुसन्धानकर्ताहरुका अनुसार अमेरिकामा किशोरीको तुलनामा किशोरमा बहिरोपनको समस्या बढी छ । २००५–०६ मा करिब २२ प्रतिशत किशोर र १७ प्रतिशत किशोरीमा बहिरोपनको समस्या बढेको छ ।
कानको हेरविचार गर्ने तरिका :-
१. कानलाई स्वस्थ राख्न शरीरका अन्य अंगजस्तै हेरविचार गर्नुपर्छ।
२. ठूलो स्वरमा गीत नबजाउने या एयरफोनमा ठूलो आवाज लगाउनुहुन्न।
३. कानमा बढी समस्या भयो, इन्फेक्सन भयो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ।
४. कहिल्यै पनि चाबी या फलामले कोट्याउाुहुदैन् ।
राजधानीमा स्वाइन फ्लुका बिरामी फेला
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


