निर्देशन अटेर गर्दै परीक्षा- प्रिन्सिपल भन्छन् प्रश्नपत्र लिन मात्र बोलाएको

27 April, 2021 20:01 | जन सरोकार | comments | 58650 Views

नयाँ भेरियन्टको कोरोनाबाट बालबालिका तथा युवाहरु बढी सिंक्रमित भैरहेको र यसको नियन्त्रणका लागि शिक्षण संस्था बन्द गर्नुपर्ने अवस्थामा विद्यालयहरु नै जनतालाई चेतना प्रवाह गर्ने विद्यालयहरु नै स्वास्थ्य सम्वेदनशीलताको ख्याल नगरी सरकारी निर्देशन उल्लंघन गरेर विद्यालय खोल्ने तथा परीक्षा नै सचालन गर्छन् भने कोरोना संक्रमणको महामारी कसरी रोकिएला ?

यस्तै अवस्था देखिएको छ पछिल्लोपटक विद्यालय बन्दको सरकारी निर्देशनको अवज्ञाबाट । काटमाडौं लगायतका देशका विभिन्न जिल्लामा सरकारी निर्देशक अटेर गरी विद्यालय चलाइरहेका समाचारहरु आइरहेका छन् ।

यसै क्रममा केही निजी विद्यालयहरुले भने सरकारी आदेशको अवज्ञा गर्दै सादा पोशाकमा विद्यार्थी बोलाएर परीक्षा संचालन गरिरहेको पाइएको छ । काठमाडौंको टोका नगरपालिकामा रहेको लार्के आवासीय विद्यालयले सरकारको निर्देशन उल्लंघन गर्दै परीक्षा सञ्चालन गरिरहेको समाचार छ ।

  

उता विद्यालयका सञ्चालक रामहरि ढकालले भने आइतबारदेखि नै परीक्षा स्थगित गरिसकिएको दाबी गर्दै परीक्षा लिन नभै प्रश्नपत्र लिन सरहरुले बोलाउनु भयो होला, परीक्षा त छैन भन्नुभयो । तर एक विद्यार्थीले आफू परीक्षा दिएर फर्केको बताए ।

एनप्याब्सनमा आबद्ध उक्त निजी स्कुलले मंगलबार कक्षा १० को सामाजिक विषयको परीक्षा सञ्चालन गरेको हो । परीक्षा दिनका लागि विद्यार्थीलाई पोसाकबिनै बिहानै विद्यालयमा बोलाइएको थियो । अभिभावकहरुले पनि परीक्षा रोक्न आग्रह गर्दागर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको ती विद्यार्थीले गुनासो गरे ।

विद्यालयले कक्षा १० का विद्यार्थीको एसईई प्रि–बोर्ड परीक्षा लिएको हो । त्यसका लागि एनप्याब्सनको छाप लगाइएको प्रश्नपत्र बाँडिएको थियो । एक अभिभावकले कोरोना व्यापक रुपमा फैलिएको छ भनेर परीक्षा रोक्न भनेका थियौं । परीक्षा दिन नआउने फेल हुन्छन् भनेर जबरजस्ती गरेको गुनासो गरे ।

टोखा नगरपालिकाले सोमबार नै सूचना प्रकाशित गरेर सबै परीक्षा स्थगित गर्न सामुदायिक र संस्थागत विद्यालयलाई निर्देशन दिएको थियो । शिक्षा विभाग प्रमुख बाबुराम गौतमले वैकल्पिक माध्यमबाट पठनपाठनबाट शिक्षण गतिविधि सञ्चालन गर्न आग्रह गरेका थिए । लोर्के आवासीय विद्यालयले भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरेको हो ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले सरकारको निर्देशनविपरीत परीक्षा सञ्चालन गर्ने विद्यालयलाई कारबाही हुने बताउँदै कोरोना संक्रमणका लागि सरकारले निषेधाज्ञा जारी गरेका बेला परीक्षा सञ्चालन गर्नु अवैध हो । केही विद्यालयले अटेर गरी परीक्षा सञ्चालन गरिरहेको जानकारी आएको जनाउँदै विद्यार्थी र अभिभावकलाई परीक्षामा सहभागी नहुन पनि आग्रह गर्नुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More