नेकपा अध्यक्ष प्रचण्डको पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ प्रकाशित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो तीन वर्षमा विभिन्न सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्ता सङ्ग्रह गरेर पुस्तकका रुपमा प्रकाशित भएको छ ।
अध्यक्ष प्रचण्डले २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्ताहरुको सङ्ग्रहलाई ‘नयाँ राजनीतिक विश्लेषण’ नाम दिएर पुस्तकको रुपमा प्रज्ञा स्मृति प्रतिष्ठान, नेपालले प्रकाशन गरेको हो ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित अन्तरवार्ताको समेटिएको पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने विश्वास लिइएको छ । सञ्चारकर्मीको रचनात्मक आलोचनाको सदैव प्रशंसा र सम्मान गर्ने अध्यक्ष दाहालको उक्त पुस्तकमा विस्तृत शान्ति सम्झौताको जगमा अन्तरिम संविधानदेखि संविधानसभा, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, हतियार व्यवस्थापन, सेना समायोजन, संविधानसभाबाट समानुपातिक समावेशी प्रतिनिधित्वसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका विषय समावेश गरिएको छ ।
नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अध्यक्ष दाहालको अन्तरवार्ताको सङ्गालो राजनीति शास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता लागि उपयोगी हुने विश्वास लिइएको छ ।
त्यसैगरी उहाँले विभिन्न समयमा तात्कालिक विषयहरुमा पार्टीका धारणा र राजनीतिक परिस्थितिका बारेमा अन्तर्वार्ता लिएर नयाँ राजनीतिक विश्लेषण र विचार निर्माणमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पु¥याउने सम्पूर्ण सञ्चारकर्मीलाई समेत आभार व्यक्त गर्नुभएको छ । उक्त पुस्तकमा ४०८ पृष्ठ रहेको छन् भने यसको मूल्य रु ५५० रहेको प्रज्ञा स्मृति प्रतिष्ठानले जनाएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


