एडिबी एडिबी

  • एडिबी
  • एडिबी
  • एडिबी
  • एडिबी
  • एडिबी

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

28 April, 2021 20:02 | अर्थ | comments | 104700 Views

एशियाली विकास बैंक (एडिबी)ले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

बैंकले बुधबार जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ ।

धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २।४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ । मेलम्ची खानेपानी आयोजना पूरा भई काठमाडौँ उपत्यकामा जल प्रवाह भएको र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणको उत्पादन प्रारम्भ गर्ने अनुमानका साथ निर्माण क्षेत्रले पनि अर्थतन्त्रमा भरथेग गर्ने विश्वास परिदृश्यमा व्यक्त गरिएको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एडिबी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More