नेपाललाई १० वर्षपछि टी २० को उपाधी- नेदरल्याण्ड्समाथि एक सय ४२ रनको कीर्तिमानी जित
काठमाडौंमा सम्पन्न त्रिदेशीय टी २० श्रृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले हराउँदै टी २० मा झण्डै एक दशकपछि उपाधी चुमेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो । नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो । यसअघि टी–२० क्रिकेटमा नेपालले १३औँ सागमा भूटानलाई २३६ रनको लक्ष्य दिएको थियो ।
नेदरल्याण्डसविरुद्धको खेलमा अरु खेलमा जस्तै कुशल भुर्तेलले अद्र्धशतक प्रहार गर्नुभयो । सिरिजमा उहाँले चौथो अद्र्धशतक प्रहार गर्नुभयो । एउटै सिरिजमा चौथो अद्र्धशतक बनाउने उहाँ पहिलो खेलाडी बन्नुभएको छ । भुर्तेलले ७७ रन बनाउनुभयो । उहाँले ५३ बल खेल्ने क्रममा तीन छक्का र आठ चौका हान्नुभयो । यस्तै आशिफ शेखले १६ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिनुभयो ।
कुशल मल्लले अद्र्धशतक प्रहार गर्नुभयो । उहाँले २४ बलमा अविजित ५० रन बनाउनुभयो । सो क्रममा मल्लले पाँच छक्का र दुई चौका हान्नुभयो । यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाउनुभयो । उहाँले १८ बल खेल्दै तीन छक्का र पाँच चौका प्रहार गर्नुभयो । बलिङतर्फ नेदरल्याण्डसका लागि फिलिपे वोइसेविनले दुई तथा सेवास्टियन ब्राटले एक विकेट लिनुभयो ।
विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले शुरुआतदेखि नै विकेट गुमाउँदै गयो । नेदरल्याण्डसले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो । उसले आठ ओभरमा छ विकेट गुमाउँदै ४३ रन बनाएको थियो । नेदरल्याण्डसका लागि म्याक्स ओडाउडले २० रन बनाउनुभयो । यस्तै कप्तान पिटस शेलारले १३ रन बनाउनुभयो । अन्तिम समयसम्म सेवास्टियन ब्राटले आफ्नो टोलीलाई साथ दिनुभयो । उहाँले अविजित २६ रनको योगदान दिनुभयो । अन्य खेलाडीले भने रन बनाउन सक्नुभएन । नेदरल्याण्डसका दुई खेलाडी रनआउट हुनुभयो ।
बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिनुभयो । लामिछानेले आज पनि उत्कृष्ट बलिङ गर्नुभयो । उहाँले चार ओभरमा २६ रन खर्चिँदै दुई विकेट लिनुभयो । लामिछाने सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बन्नुभएको छ । उहाँले पाँच खेलमा १३ विकेट लिनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


