‘नेपाल–जापान बौद्ध सम्बन्ध’ पुस्तक लोकार्पण
वरिष्ठ संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ‘नेपाल–जापान बौद्ध सम्बन्ध’ पुस्तकको लोकार्पण गर्नुभयो । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठद्वारा लिखित उक्त पुस्तक नेपाल जापान कल्चरल एक्सचेन्ज एशोसियशनले प्रकाशन गरेको हो ।
पुस्तकमा बुद्ध धर्म र दर्शनका आधारभूत विषयका साथसाथै दुई मुलुकबीच धार्मिक र साँस्कृतिक सम्बन्ध विस्तारमा उल्लेख्य योगदान दिने ऐतिहासिक जापानी तथा नेपाली धर्मगुरु एवं व्यक्तित्वहरुको चर्चा गरिएको छ ।

ती व्यक्तित्वहरुमा ई. सं. १८९९ मा नेपाल भ्रमणमा आउने जापानी भिक्षु इकाइ कावा गुची, निचिदात्सु फुजि गुरु, प्रो. केञ्जो टाँगे, दाइसाकु इकेदा, भिक्षु मोरियोका सोनी, भिक्षु युनाताका नावातामे र भिक्षु स्युचो ताकाओका छन् ।
बेला बेलामा जापानको भ्रमण गरी जनस्तरमा द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन र बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहयोग जुटाउन भूमिका खेल्ने भिक्षु अमृतानन्द, भिक्षु सुमंगल, भिक्षु ज्ञानपूर्णिकका साथसाथै जयपृथ्वी बहादुरसिंह, मीनबहादुर गुरुङका त्याग र सङ्घर्षका प्रसङ्गहरु पुस्तकमा समेटिएका छन् । दुई मुलुकबीच ई. सं. १९५६ मा दौत्य सम्बन्ध कायम भएको हो ।
पुस्तकमा बौद्ध विहारहरुको पुनःनिर्माण, प्राचीन बौद्ध ग्रन्थहरुको संरक्षण एवं अभिलेखीकरण र लुम्बिनीको विकासमा जापानबाट प्राप्त सहयोगको विस्तारपूर्वक चर्चा गरिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई बौद्ध अन्तर्राष्ट्रियवादको केन्द्रको रुपमा विकास गर्न नेपाल र जापानले मिलेर काम गर्नुपर्ने निचोडमा लेखक पुग्नुभएको देखिन्छ ।
सो अवसरमा सँस्कृतिविद् जोशीले धर्म मात्र जपेर आफ्नो कर्तव्यबाट विमुख हुँदा नेपाल विकासमा पछि परेको अनुभव सुनाउँदै जापानी जनताले धर्म र पुर्खाको सम्मान सँगसँगै कर्तव्यलाई पनि आत्मसात् गरेका कारण सम्पन्न मुलुकमा दरिन पुगेको हो भन्नुभयो ।
राणाकालमा विदेश गई सीप सिकेर आएका कतिपय नेपालीले सामाजिक बहिष्करण व्यहोर्नु परेको स्मरण सुनाउँदै उहाँले भन्नुभयो – ‘हामीले रुढिवादी सोच बदल्नुपर्छ । अहिले चलनचल्तीमा दलित भनिन्छ । पहिले यो शब्द थिएन ।’
नेपाल र जापानबीचको सम्बन्धलाई कला, संस्कृति र धार्मिक गतिविधिसँग जोडेर उजिल्याउन लेखकले गर्नुभएको प्रयास सराहनीय भएको पनि उहाँले बताउनुभयो ।
पूर्व राजदूत लेखक श्रेष्ठले नेपाली जनता र यहाँका सम्पदाहरुप्रति जापानीहरुको प्रेम र आत्मीयता रहेकाले उनीहरु दोहो¥याई दोहा¥याई नेपाल भ्रमणमा आउने र यहाँको पूवार्धार विकासमा आर्थिक सहयोग दिने गरेको उल्लेख गर्नुभयो ।
बौद्ध विद्वान तथा लोट्स एकेडेमिक कलेजका प्राचार्य धर्मसुन्दर बज्राचार्य र सीमाविद् बुद्धिनारायण श्रेष्ठले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


