नेप्से २७ अंकले सुधार

4 April, 2018 20:32 | बैँक र वित्त | comments | 181800 Views

निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचकमा बुधबार भने उत्साहजनक सुधार भएको छ । बुधबार नेप्से २७ दशमलब ४५ अंकले बढेर १ हजार २ सय २६ दशमलब ४५ को विन्दुमा आइपुगेको छ। यद्यपि मंगलबारको कारोबारमा पनि नेप्से परिसूचक करिब ६ अंकले बढेको थियो ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । यस दिन १ सय ६२ कम्पनीको ३३ करोड ६४ लाख ४३ हजार ४ सय ३१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि मंगलबार १ सय ६० कम्पनीको २२ करोड ३६ लाख ३१ हजार ७ सय ८ रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए ।

  

बुधबार नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको १ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, नेपाल इन्स्योरेन्सको १ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

बुधबार ट्रेडिङ समूहको कुनै कारोबार भएन भने अन्य सबै समूहमा हरियाली छाएको छ ।

यस दिन समूहगत आधारमा बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो समूहमा २ सय ८ दशमलब ३४ अंकको वृद्धि देखिएको छ ।

त्यस्तै, माइक्रोफाइनान्स समूहमा ६३ दशमलब शून्य ६ अंकको वृद्धि देखिएको छ । यही समूह अन्तर्गतका तीन कम्पनीको सेयर मूल्य सर्वाधिक कमाउनेको सूचीमा अगाडि रहेका छन् । सर्वाधिक कमाउनेमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका लगानीकर्ता छन् । कम्पनीको सेयरमूल्य प्रतिकित्ता १० प्रतिशत अर्थात् ९५ रुपैयाँले बढेको छ । त्यस्तै, एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य १ सय १६ रुपैयाँ अर्थात् ९ दशमलब ५९ प्रतिशतले बढेको छ भने महिला सहयात्राको सेयर मूल्य ८ दशमलब ६८ प्रतिशत बढेको छ ।

यता, गुमाउनेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी अन्तर्गतका लगानीकर्ता रहेका छन् । फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँ अर्थात् १ दशमलब ९१ प्रतिशतले घटेको छ । त्यस्तै, मिसिन डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ४ रुपैयाँले घटेको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More