नेप्सेमा ३ सय ७४ अंकको गिरावट

12 April, 2018 20:16 | बैँक र वित्त | comments | 184050 Views

२०७४ सालमा नेप्से परिसूचकमा ३ सय ७४ अंकको गिरावट आएको छ । यस वर्षको पहिलो कारोबारको दिन बैसाख ३ गते १ हजार ६ सय ५१ दशमलव ५१ को बिन्दुमा रहेको नेप्से परिसूचक सालको अन्तिम कारोबारको दिन १ हजार २ सय ७७ को बिन्दुमा आएर रोकिएको छ ।

यद्यपि सालको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ४ दशमलव २२ अंकले बढेको छ । यस दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । बिहीबार १ सय ६५ कम्पनीको ४४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जबकि बुधबार २९ करोड ३५ लाख ४ हजार २ सय ९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

  

बिहीबार कारोबारमा आएको मध्ये फाइनान्स समूह र बैंकिङ समूहमा गिरावट आएको छ भने अन्य समूहमा हरियाली छाएको छ । फाइनान्स समूह ५ दशमलव शून्य ६ अंकले घटेको छ भने बैंकिङ समूह १ दशमलव १२ अंकले घटेको छ ।

बिहीबार सर्वाधिक कमाउनेमा बिमा समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। बिमा समूह ७९ दशमलव ८७ अंकले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूह ३८ दशमलब ७४ अंकले बढेको छ । भने, होटल समूह १९ दशमलव ५८ अंकले बढेको छ ।

बिहीबार नबिल बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । बैंकको संस्थापक सेयरको २ करोड २६ लाख ६० हजार ७ सय २० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको १ करोड ९७ लाख ३७ हजार ५ सय ४४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबार प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।  कम्पनीको सेयर मूल्य ६४ रुपैयाँ अर्थात् ६ दशमलव ७४ प्रतिशतले बढेको छ । त्यस्तै सूर्या लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ४६ रुपैयाँ कमाएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More