नेप्से २५ अंकले सुधारः १ अर्ब भन्दा माथिको कारोबार

19 April, 2018 21:17 | बैँक र वित्त | comments | 170250 Views

बिहीबार एकैदिन लगानीकर्ताको सेयर सम्पत्ति २८ अर्ब ६७ करोड रुपैयाँले बढेको छ । यसदिन नेप्सेमा २८ दशमलव ३ अंकको सुधारसँगै सेयरको मूल्य बढेको हो ।

यसदिन १५ खर्ब ९८ करोड २७ अर्ब रुपैयाँ बजार पुँजीकरणबाट कारोबार सुरु भएको सेयर बजार परिसूचक बढ्दा बजारको कूल सेयर मूल्य १६ खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो । नेप्से बढ्दा बिहीबार “क” वर्गका कम्पनीहरुको कारेबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ५.१८ अंकले बढेर २९१.०३ को बिन्दुमा पुगेको छ ।

  

बिहीबार १३६३.०१ अंकबाट सुरु भएको नेप्से परिसूचक बढ्नेक्रममा उताचढाव देखाएपनि अन्तमा सम्हालिएर ११८८.३१ अंकमा पुगेको हो । यसदिन कारोबार सुरु भएको केही समय बढेको नेप्सेमा तीब्र गिरावट आएपनि सम्हालिएको हो ।
नेप्से बढ्नुमा आज अन्य, जलविद्यूत् र बैंकिङ समूहमा आएको आशलाग्दो सुधार प्रमुख कारण बन्यो । यी समूहका परिसूचकमा क्रमशः ३.९७ प्रतिशत (२९.६६ अंक), २.७ प्रतिशत (४४.८७ अंक) र २.०८ प्रतिशत (२४.५१ अंक)का सुधार आए । अरु समूह पनि बढ्दा यसदिन ट्रेडिङ समूहमा भने गिरावट आएको थियो ।

नेप्से बढ्दा सेयर बजारमा बिहीबार पनि उत्साहपूर्ण कारोबार भयो । अघिल्लो दिन १ अर्ब १द्द करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा यसदिन १ अर्ब ११ करोड ५५ लाख ५५ हजार ३६१ रुपैयाँको सेयर किनबेच भए । यसक्रममा १६८ कम्पनीका २६ लाख ६३ हजार ५८२ कित्ता सेयर किनबेच भए ।

यसदिन सर्वाधिक कारेबार हुनेमा चिलिमे हाइड्रोपावर कम्पनीको सेयर रहे । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ९ रुपैयाँले बढेको छ । बिहीबार कम्पनीको ४ करोड २३ लाख रुपैयाँको ससेयर खरिदविक्री हुँदा नेपाल बैंक, सानिमा माई हाइड्रोपावर, सानिमा बैंक र कुमारी बैंकको पनि ३ करोडभन्दा बढकिो सेयर किनबेच भए ।

जानकारका अनुसार बैंकमा क्रेडिट क्रन्चको समस्या कम हुँदा सेयर बढेको हो । नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारका अनुसार राष्ट्र बैंकले वाणिज्य बैंकलाई कोर क्यापिटलको २५ प्रतिशत विदेशी ऋण लिन पाउने व्यवस्था गरेसँगै ब्याजदर कम भएको छ । उनले भने, “केही बै.क विदेशबाट ऋण लिने पाइपलाइनमा छन् । यता, बैंक तथा वित्तँय संस्थाले चैत तेस्रो त्तेमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गर्न लाग्दा लगानीकर्तामा राम्रो प्रतिफलको अपेक्षा छ ।”

चैत मसान्तपछि मार्जिन लेन्डिङ र करको झन्झटबाट मुक्ति पाइएपछि ३ महिनापछि लगानीकर्ताले राहतको अनुभव गरेको उनी बताउँछन् । उनले भने, “घट्न पनि कति घटोस्, जानाजान घटाइएको बजारमा लगानीकर्तामा उत्साह आएको छ । बजारले सकारात्मक सन्देश दिएको छ ।”

आज प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशत बढ्दा अरु ४ कम्पनीको सेयर मूल्य पनि ८ प्रतिशतले बढ्यो । यस्तै सहयोगी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ७.२ प्रतिशतले घट्यो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More