नेप्से २ अंकले घटेर बन्द

28 March, 2018 20:41 | बैँक र वित्त | comments | 165450 Views

तीव्र उतारचढावका बीच बुधबार नेप्से परिसूचक अन्ततः २ दशमलब ९० अंकले घटेर बजार बन्द भएको छ । यस दिन नेप्से १ हजार २ सय ४ दशमलब ८१ अंकमा आइपुगेको छ ।

बुधबार १ सय ६२ कम्पनीको ५१ करोड ४१ लाख ५० हजार १ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको छ । जबकि मंगलबार ५० करोड ६१ लाख २६ हजार ७ सय ३ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

  

बुधबार युनिलिभर नेपालको २ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, नेपाल बैंकको २ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ ।

यस दिन राधि विद्युत् कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७ रुपैयाँ अर्थात् १० प्रतिशतले बढेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ९ दशमलब ६० प्रतिशतले बढेको छ ।

यता, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२ रुपैयाँ अर्थात् ८ दशमलब ४२ प्रतिशतले घटेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १ सय १९ रुपैयाँ गुमाएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More