पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई ५१ हजार राशीको दीर्घ सेवा पुरस्कार

28 February, 2021 11:42 | प्रबास | comments | 67050 Views

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने लालध्वज देउसा राईलाई ५१ हजार १ सय ११ रुपिंया राशीको पत्रकारिता दीर्घसेवा पुरस्कार प्रदान गर्ने भएको छ ।

भारतको कलकत्ता विश्वविद्यालयबाट पत्रकारिता विषयमा उच्च शिक्षा हासिल गरेपछि विसं २०२२ मा नेपाल प्रवेश गरी पत्रकारिता गर्ने क्रममा २०३३ सालदेखि उहाँले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमा पहिलोपटक पत्रकारिता अध्यापनको थालनी गराउनुभएको थियो ।

  

झण्डै आधा शताब्दी अनवरत रूपमा पत्रकारिता विषयको प्राध्यापनमा संलग्न रहँदै आउनुभएका पत्रकारिताका गुरु राईले प्राध्यापकले कहिल्यै पनि अवकाश लिँदैनन भन्ने उक्तिलाई चरितार्थ गर्नुभएको छ ।

हातखुट्टा लागेसम्म र दक्षिणाका रूपमा बसभाडा पाएसम्म पढाउन जान छोड्दिनँ भन्ने उहाँको दृढ अठोटबाट हजारौँ विद्यार्थी र अध्यापकहरूलाई प्रेरणा मिलेको छ । नेपाली पत्रकारिताको इतिहासमा एउटा कोशेढुंगा वन्नुभएका राईलाई पुरस्कृत गर्न पाउँदा इञ्जाले गौरव महसुस गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

इञ्जा मुख्यालय, भर्जिनियाले पत्रकारिताका गुरु राईप्रति अझ सम्मान व्यक्त गर्दै पुरस्कारको राशीमा थप गर्न संस्थागत वा व्यक्तिगत इच्छा भएमा इञ्जा सहकार्यका लागि समेत तयार जानकारी गराएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More