पवन चामलिङको सुझाव- नेपाली भाषाको संरक्षणका लागि ‘विश्व सम्मेलन’ गरौं
सिक्कीमका पूर्वमुख्यमन्त्री पवन चामलिङ ‘किरण’ले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि विश्वमा भएका नेपालीबीच ‘विश्व सम्मेलन’ गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यकार एवं भारत सिक्कीमका पूर्वमुख्यमन्त्री पवन चामलिङ ‘किरण’ को स्वागतमा आयोजित भेटघाट कार्यक्रममा पूर्व मुख्यमन्त्री चामलिङले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि ‘विश्व सम्मेलन’ आवश्यक रहेको बताउनुभएको हो ।

“सिक्किम सरकारले नेपाली भाषा, साहित्य, धर्म, संस्कृतिको विकासका लागि ठूलो काम गरेको छ”, उहाँले भन्नुभयो, “सिक्कीममा नेपाली भाषाबारे अध्ययन, अध्यापन गर्नुदेखि आदिकवि भानुभक्त आचार्यको प्रतिमा निर्माणसम्मको काम आफ्नो कार्यकालमा भएको छ ।” “हामी जहाँ बसेपनि हाम्रो पहिचान नेपाली हो”,चामलिङले भन्नुभयो । उहाँले लेखक, स्रष्टा र कविलाई सम्मान गर्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो, “सिक्कीममा राजनीति गरेपनि आफू नेपाली साहित्यकार र जनताको माझमा रहिरहने छु ।”
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चामलिङ बहुआयमिक व्यक्तित्वको धनी भएको बताउँदै भारतमा बसेर पनि नेपाली भाषा, संस्कृतिको सम्मानका लागि उहाँले गरेको योगदानको उच्च कदर गर्नुपर्छ भन्नुभयो । “राजनीति र सीमानामा हामीलाई विभेद भए पनि भाषा, धर्म र संस्कृतिमा हामी एक छौँ”, उहाँले भन्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले सिक्कीममा जन्मेर पनि नेपाली भाषा, साहित्यको विकास र विस्तारमा चामलिङले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।
सिक्कीम प्रजातन्त्र काँग्रेसको संस्थापक सदस्यसमेत रहनुभएका चामलिङ सिक्कीममा पाँच कार्यकाल मुख्यमन्त्रीको जिम्मेवारी समाल्नुभएको थियो । सन् १९९९, २००४, २००९, २०१४ र २०१५ मा मुख्यमन्त्री बन्नुभएका उहाँ तीनपटक भारतीय विधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
चामलिङले सिक्कीममा लोकतान्त्रिक संस्कृति बसाल्न महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


