पाँचौ जापानीभाषा वक्तित्वकलाको उपाधी प्रदीप कार्कीलाई(फोटो/भिडियो)
नेपाकेन जापानको आयोजनामा भएको पाँचौ जापानी भाषा व्यक्तित्वकला प्रतियोगिताको उपाधी प्रदीप कार्कीले हात पारेका छन ।
आईतवार टोकियोमा भएको प्रतिस्पर्धमा १७ प्रतियोगिलाई उछिन्दै कार्कीले उपाधी सहित नगद पुरस्कार हात पारेका हुन । यस्तै प्रतियोगितामा उत्कष्ट वाचन गर्ने अन्जना राजवंशी दोश्रो भईन भने लेखनाथ बगाले तेश्रो भए । प्रतियोगितामा यस वर्षदेखि सुरु गरिएको दर्शक छनौट प्रतियोगि मध्ये दोश्रो भएकी अन्जला राजवंशीलाई दर्शकको रोजाईमा परेकी थिईन ।
उपाधी विजेता तथा उपविजेताहरुले नगद ३० हजार, २० हजार तथा १० हजार नगद तथा प्रमाणपत्र हात पारे । विजेताहरुलाई जापानका लागि कार्यवाहक नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले पदक हस्तान्तरण गर्नुभएको थियो ।

समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका कार्यवाहक राजदुत राजभण्डारीले नेपाल जापानवीचको सम्वन्ध मजवुद वनाउन प्रतियोगिता महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । यस्तै उहाँले जापानीहरुलाई हरेक नेपालीले नेपालको वारेमा जानकारी दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथिको आसनबाट वोल्दै गैरआवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष भवन भट्टले प्रतियोगिता मार्फत विद्यार्थीहरुले आफनो व्यक्तित्व उजागर गर्नसक्नेमा विश्वस्त रहेको बताउनुभयो । यस्तै उहाँले जापानमा विद्यार्थीहरुलाई भाषामा सक्षमता भएको खण्डमा धेरै अवसर पाईने भएकाले सवैलाई कडा मेहनत गर्न आग्रह गर्नुभयो । यस्तैगरि एनआरएनए जापानका अध्यक्ष सुदन थापाले विद्यार्थीहरुको प्रतिभा उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।
नेपाकेन जापानको आयोजनामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक विष्णु भण्डारीले कार्यक्रमको महत्व वारेमा प्रकास पार्नुभएको थियो। शंकर बराईलीले संचालन गर्नुभएको कार्यक्रममा जापानमा रहेका नेपाली विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको निणार्यकमा नेपाकेनका संस्थापक जिज्ञानकुमार थापा, क्योदो समाचार एजेन्सीका प्रतिनिधि तथा जापान परराष्ट्र मन्त्रालयकी अधिकृत, पर्वतारोही लगायतका चारजना जापानीहरुले भूमिका निभाएका थिए ।
हेर्नुहोस भिडियो:
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


