पोखरामा साहित्य महोत्सवको नवौँ संस्करण अर्चुअल गरिने

पोखरामा आगामी पुस १४ र १५ गते नवौँ संस्करणको साहित्य महोत्सव (लिटरेचर फेस्टिभल) आयोजना हुनेभएको छ । यसअघि फेवाताल किनारमा आयोजना गरिँदै आएको महोत्सव यसपटक पर्यटकीय गन्तव्य सराङ्कोटमा माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा अर्चुअल रुपमा आयोजना गरिने आयोजक संस्था बुकवर्म फाउण्डेशनले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कोभिड कहरका कारण लामो समयसम्म आफूहरू साहित्य महोत्सव आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहे पनि भर्चुअल रूपमा भए पनि निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि महोत्सवको तयारीमा जुटेको महोत्सवका निर्देशक अजित बरालले बताउनुभयो । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा गजलकार प्रदीप रोदनसँग पत्रकार अमृत सुवेदीको ‘मेहफिल’ कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यस संस्करणमा १६ सेसन सञ्चालन हुने र साहित्यकार, लेखक, पत्रकार, कलाकारलगायत ४० जनाभन्दा बढी विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् । सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति नरहने र सबै सत्रको सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण निर्देशक बरालले जानकारी दिनुभयो । फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले भौतिक रुपमा दर्शक एवं श्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको रहेपनि कोभिडको बढ्दो सङ्क्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले सम्भव नभएको बताउनुभयो ।

महोत्सवको सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले महोत्सव चलाइरहेको उर्जालार्ई विषम अवस्थामा पनि निरन्तरता दिइएको बताउँदै साहित्यका माध्यमबाट पोखरालाई चिनाउने प्रयास रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरा माछापुच्छ्रेले चिनिन्छ, फेवातालले चिनिन्छ । अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।”
माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा पारेर आयोजना हुने महोत्सवबाट स्वदेश तथा विदेशमा पोखराको थप प्रवद्र्धन हुने विश्वास आयोजकको छ । आयोजक संस्थाका सदस्य अनी कर्माले महोत्सवमा हुने साहित्यिक जमघटका कारण हालको समयमा पोखरेली युवामा पठन संस्कृति विकास गर्न सफल भएको बताउनुभयो ।
सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट शुरु भएको लिटरेचर फेस्टिभल नवौँ संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ शुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको भनाइ छ । यस प्रकारको सामाजिक बहस र विमर्शले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पु¥याएको बताइन्छ । दुई वर्षदेखि महोत्सवलाई व्यावसायिक ग्रुप आइएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम (आईएमई नेपाल लिटरेचर फेस्टिभल) रहन गएको हो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


