प्रदूषित सहरमा काठमाडौँ १ सयौं स्थानमा : शीर्ष ३० प्रदूषित सहरमध्ये २२ भारतमा
काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरुको सूचीमा १ सयौँ स्थानमा परेको छ । ग्रीनपिस र एयरभिजुअलले जारी गरेको नयाँ सूचीमा काठमाडौँ १ सय स्थानमा रहेको हो ।
काठमाडौँ बेइजिङभन्दा पनि प्रदूषित रहेको छ ।भारतको गुरुग्राम भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको अध्ययनले देखाएको छ ।सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।विश्व

भारतका मुख्य २२ वटा सहर प्रदूषित रहेका र तीमध्ये सबैभन्दा बढी प्रदूषण गुरुग्राम सहरमा पाइएको हो । सन् २०१८ मा त्यहाँको औसत एयर क्वालिटी इन्डेक्स १३५.८ रहेको थियो जुन युएस इन्भाइरोमेन्टल प्रोटेक्सन एजेन्सीले ‘स्वस्थ’ मानेको मापदण्डभन्दा तीन गुणा बढी हो ।
त्यस्तै लखनाउ, नोएडा, गाजियाबाद, वनारस, अलाहबाद, कानुपुर र आग्रा पनि प्रदूषित सहरमा परेका सो अध्ययनले देखाएको समाचारमा जनाइएको छ ।दिल्ली र उत्तर प्रदेशका अतिरिक्त राजस्थान, महाराष्ट्र र बिहार राज्यमा पनि प्रदूषणको मात्रा अधिक भेटिएको छ ।यो अध्ययन वायु प्रदूषणको मात्रामा आधारित रहेको छ । वायु प्रदूषणको समस्या सबैभन्दा बढी दक्षिण एसियामा देखिएको छ ।
यी राज्य र सहरहरुमा बढ्दो वायु प्रदूषणका कारण विशेषगरी बालबालिका बढी मात्रामा प्रभावित भएको पाइएको समाचारमा जनाइएको छ ।ती राज्यमा पाँच वर्ष मुनिका करिब १ करोड २९ लाख भन्दा बढी बालबालिका बस्छन् । वायु प्रदूषणका कारण विश्वभर अर्को वर्ष ७० लाख मानिसले अकालमा नै ज्यान गुमाउन बाध्य हुने प्रक्षेपण गरिएको छ । ग्रीनपिस दक्षिणपूर्वी एसियाका कार्यकारी निर्देशक येब सानोले वायु प्रदुषणले हाम्रो भविष्य लुट्दै गइरहेको बताउँछन् । ‘वायु प्रदुषणका कारण मानिसले अकालमै ज्यान गुमाउनु परिरहेको छ भने भविष्यमा यसका कारण स्वास्थ्य लगायत क्षेत्रमा अर्बौं डलर खर्च हुनेछ । यसले स्वास्थ्य र हाम्रो खर्चमा ठूलो प्रभाव पार्छ,’ उनले भने ।
कुनै समय वायु प्रदुषणकू उच्च जोखिममा रहेको चीनले यस विषयमा चै सुधार गरेको छ । अघिल्लो वर्षको तूलनामा यो वर्ष चीनको प्रदुषण १२ प्रतिशतले घटेको पाईन्छ । बेइजिङ शीर्ष १०० प्रदूषित सहरको सूचीबाट बाहिरिएको छ । त्यस्तै दक्षिण एसियाली राष्ट्रहरुमा शीर्ष २० प्रदूषित सहरमध्ये १८ वटा सहर भारत, पाकिस्तान र बंगलादेशमा रहेका छन् जसमा लाहोर, दिल्ली र ढाका जस्ता सहरहरु रहेका छन् ।
–सिएनएनबाट भाव अनुबाद
नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


