‘प्रदेशको र राजधानी नाम हिउँदे अधिवेशनले टुङ्ग्याउँछ’ – मन्त्री घिमिरे

3 December, 2018 11:16 | प्रदेश , प्रदेश १ | comments | 61500 Views

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नाम र राजधानी हिउँदे अधिवेशनमार्फत टुङ्ग्याइने बताउनुभएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा खोटाङ आउनुभएका मन्त्री घिमिरेले आइतबार पुष्पलाल स्मृति भवन दिक्तेलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले केही समयपछि शुरु हुने हिउँदे अधिवेशनको शुरुमै प्रदेशको नाम र राजधानी टुङ्ग्याइने कार्यकर्तालाई आश्वस्त पार्नुभयो ।

  

“प्रदेशको नाम सगरमाथा, कोशी, किरात, लिम्बुवान्जस्ता चर्चामा आएका छन् ।” उहाँले भन्नुभयो, “राजधानीका विषयमा पनि विराटनगर, धरान, इटहरी र गोठगाउँको नाम आइरहेको छ । हिउँदे अधिवेशनमा सके सर्वसहमतिमा नसके विधि र प्रकृयाबाट नाम र राजधानी टुङ्ग्याउने छौँ ।”

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वसांसद दुर्गाजयन्ती राईले सरकारले जनताको अपेक्षानुसार लोक कल्याणकारी काम गर्न नसकेको भन्दै पार्टीको ध्यानाकर्षण गराउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More