प्रदेश प्रमुखसँग राजदूतको शिष्टाचार भेट

20 November, 2018 10:05 | प्रदेश , प्रदेश १ | comments | 57900 Views

नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते साम्सले प्रदेश–१ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङसँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा सोमबार भएको भेटमा प्रदेश प्रमुख तुम्वाहाङले सङ्क्रमणकालको अन्त्य भई मुलुक सङ्घीयतामा प्रवेश गरिसकेकाले प्रदेशको समग्र विकासका लागि बङ्गलादेशसँग हातेमालो गरी प्रदेश सरकार अघि बढ्ने बताउनुभयो ।

  

सो अवसरमा राजदूत साम्सले प्रदेश न १ प्राकृतिक रूपमा अब्वल रहेकाले यहाँको पर्यटन, ऊर्जाको प्रवद्र्धनका लागि बङ्गलादेशको सहयोग रहने बताउनुभयो । बङ्गलादेश र काठमाडौँलाई जोड्न सकिने यो प्रदेशलाई पुलका रूपमा विकास गर्न सक्ने धारणा राख्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More