प्रदेश २ को बजेट रु ३३ अर्ब ५६ करोड– बेटी पढाऊ, बेटी पढाऊ’ कार्यक्रमलाई निरन्तरता
प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटले विभिन्न योजना तय गर्दै तराईको सबभदा ठूलो सामाजिक समस्याका रुपमा रहेको दाइजे प्रथाबिरद्धको अभियान ‘बेटी पढाऊ, बेटी पढाऊ’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
सरकारले सो कार्यक्रम अन्तर्गत २५ हजार छोरीलाई शिक्षा बीमा, मुद्दती कार्यक्रमका लागि रु ३० करोड ६४ लाख ७७ हजार र अन्य कार्यक्रमका लागि रु २४ करोड ८६ लाख विनियोजन गरिएको छ ।

प्रदेशसभाको सोमबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आर्थिक वर्ष २०७७/०७८ का लागि सार्वजनिक गर्नुभएको बजेटमा चालूतर्फ रु १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार (४५.९५) प्रतिशत र पूँजीगततर्फ रु १७ अर्ब ९८ करोड ८२ लाख (५३.६७) र वित्तीय व्यवस्थातर्फ रु १६ करोड (०.४८ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
आयतर्फ आन्तरिक स्रोतबाट रु १२ अर्ब २४ करोड २८ लाख ६० हजार, नेपाल सरकारबाट अनुदान रु १३ अर्ब ४० करोड ५९ हजार र नगद मौज्दात रु छ अर्ब ९१ करोड २९ हजार विनियोजन गरिएको छ । अपुग रु एक अर्ब अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्थाबमोजिम नेपाल सरकारसँग ऋण लिइ पूर्ति गरिने अनुमान गरेको मन्त्री यादवले जानकारी दिनुभयो ।
सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु दुई अर्ब ३५ करोड रकम विनियोजन गरिएको छ भने विपद् व्यवस्थापनका लागि रु पाँच करोड र कुपोषण न्यूनीकरणका लागि रु दुई करोड विनियोजन गरिएको छ ।
यसैगरी स्वास्थ्य शिक्षा, कृषि, सूचना प्रविधिमा जोड दिँदै सरकारले गुणस्तरीय शिक्षाका लागि रु दुई करोड विनियोजन गरेको छ । त्यस्तै कोरोना भाइरस महामारी नियन्त्रण गर्न, कृषि क्षेत्रलाई आधुनिकीकरण, पर्यटनलगायतका क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


