प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त, राजेश झा नियुक्त

19 February, 2021 19:03 | प्रदेश , प्रदेश २ | comments | 50400 Views
पदमुक्त प्रदेश प्रमुख तिलक परियार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुखलाई पदमुक्त गर्नु भएको छ । परियारलाई पदमुक्त गरेलगत्तै मन्त्रिपरिषदको सिफारिसमा राजेश झा (रौतहट)लाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्बाट सिफारिस भई आए अनुरुप प्रदेश प्रमुख लिलक परियारलाई पद मुक्त गरिएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तकाअनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई सो पदमा नियुक्त गर्नुभएको हो ।

सत्ता खिंचातानीका कारण विभाजन पुगेको नेपाला कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादले प्रदेशहरुलाई पनि गाँज्न थालेको छ । प्रधानमन्त्री केपी ओली समूहको नेकपा र प्रचण्डमाधव नेपाल समूह एकले अर्को समूहलाई शक्तिबाट हटाउन प्रदेशहरुमा चलखेल गरिरहेका छन् ।

  

वाग्मती प्रदेश र प्रदेश १ का मुख्यमन्त्री बिरुद्ध प्रचण्डनेपाल समूहले अविश्वास प्रसताव दर्ता गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More