प्रीतमले जिते सारेगमप लिटल च्याम्प्सको सेकेन्ड रनर अपको उपाधि
इटहरीका प्रीतम आचार्य भारतको टेलिभिजन जी टीभीको रियालिटी शो सारेगमप लिटल च्याम्प्सको सेकेन्ड रनर अप भएका छन् ।आइतबार राति भएको फाइनलमा उनले उत्कृष्ट प्रस्तुति दिएका थिए ।
उनले सेकेन्ड रनर अपको उपाधि सहित भारतीय रुपैयाँ दुई लाख हात पारे ।यद्यपि सारेगम लिटल च्याम्प्सको उपाधि भने भारतकी सुगन्धा डेटले जितेकी छिन् भने फस्ट रनर अप मोहम्मद फैज चुनिए । त्यस्तै फाइनलमा पुगेकी अर्का नेपाली प्रतिस्पर्धी भक्तपुरका आयुष केसी भने उपाधिविहिन भए । यद्यपि फाइनलमा पुगेका आयुषले भारतीय १ लाख रुपैयाँ जित्न सफल भएका छन् ।

तर, नेपाली बालकद्वयले प्रस्तुतिले सबैको मन जितेका थिए । प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा आइतवार केसी र आचार्यसहित छ जना फाइनलका लागि चयन भएका थिए । यसअघि तेरिया मगरले रियालिटी डान्स सोमा दुईपटक उपाधी जितेर नेपाली प्रतिभाको उजागर गरेकी थिइन । विभिन्न राउन्ड हुँदै दुई नेपाली बालक रियालिटी शोको फाइनलमा पुगेकोमा उनीहरूका अभिभावकहरूले आफू ज्यादै हर्षित बनेको प्रतिक्रिया दिएका छन् ।
गत फेब्रुअरी ९ बाट सुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको थियो ।
सारेगमप: फाइनलमा पुगेका आयुष केसी र प्रीतम आचार्यबारे निर्णायकले के भने?
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


