फिल्म ’सुस्केरा’ पौष १८ गते रिलिज हुने
यहि आउँदो मङ्सिर ६ मा ’च च हुई’ रिलिज गर्ने तयारीमा रहेका निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्म ’सुस्केरा’ आउँदो पौष १८ मा रिलिज हुने भएको छ । यसअघि ‘लेटर’ बाट निर्देशनमा होमिएका साम्तेनले यसको छायाँकन तीन वर्ष अगाडी नै सकाएका थिए ।
प्राविधिक कारणले रिलिजमा ढिलाई भएतापनि यसले फिल्मको विषयवस्तुलाई असर नगर्ने निर्माण पक्षले बताएका छन् । फिल्ममा सुरक्षा पन्त र स्वरूप पुरुष ढकालको मुख्य भूमिका रहेका छ । सुरक्षालाई नायिकाको रुपमा ब्रेक दिएको फिल्म मात्र होइन , गायक रुपमा चिनिदै गरेका स्वरूपलाई ठुलो पर्दा नायक बनाउने श्रेय पनि यसै फिल्मलाई जान्छ ।

एसपी ढकाल र सिके ढकालको निर्माणमा बनेको यस फिल्मका लेखक पनि साम्तेन नै हुन् । यसमा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि अभिनय रहेकोछ ।‘सुस्केरा’ पूर्णत प्रेमकथामा आधारित फिल्म रहेको निर्देशक भुटियाले बताएका छन् ।
‘लभ भन्नेबितिकै जुन सोचाइ हाम्रो छ, त्यसभन्दा केही फरक गर्ने प्रयास फिल्ममा गरिएको छ’ निर्देशक साम्तेनले भने । थपे, ‘प्रेम प्राप्तिमा आउने भोगाइ नै फिल्मको कथा हो ।’ छक्का पञ्जा २ मार्फत पर्दामा झुल्किसकेका स्वरूपले सुस्केरा गर्नु अगाडी हिन्दी सिरियल ’गुमराह’ मा समेत काम गरिसकेका थिए । उनले फिल्म खेल्न आएको प्रस्तावलाई नकार्न नसकेर अभिनयमा आएको बताए ।
‘मुम्बईमा बसेर सिकेको अभिनय र हिन्दी सिरियल ‘गुमराह’ मा अभिनय गर्दा पाएको अनुभवले नै मलाई यस फिल्ममा अभिनेता बन्न उत्साहित भएको हुँ’ स्वरूपले भने । केहि प्राविधिक कारणले रोकिएको फिल्म सोमबार वितरण सम्झौता भएसँगै पौष १८ बाट दर्शकमाझ आउने पक्का भएको हो । फिल्मलाई काठमाडौंमा करण क्रेजी श्रेष्ठको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।
साम्तेन भुटिया चलचित्र ‘सुस्केरा’ लिएर आउंदै (भिडियो सहित)
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


