बढ्दै छ, सम्बन्ध विच्छेद तथा बहुविवाहका घटनाहरू

29 July, 2018 17:05 | जन सरोकार , समाज | comments | 175350 Views

जनचेतनाको अभाव, वैदेशिक रोजगार र श्रीमान श्रीमतीबीच अविश्वास जस्ता कारणले गर्दा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ ।

वैदेशिक रोजगारमा पुरुषहरू खाडी मुलुक गएपछि महिलाहरू स्वतन्त्र हुन खोज्नु, गरिबी तथा अशिक्षाको कारण सानैमा छोरीको विवाह गरिनु, पतिपत्नीले एकअर्कालाई बुझ्न नसक्नु बहुविवाह तथा सम्बन्ध विच्छेदका कारण भएको सरोकारवालाहरूको ठम्याइ रहेको छ ।

  

बहुविवाह कानूनी अपराध हो भन्ने चेतनाको कमी, वैदेशिक रोजगारी तथा घरेलु हिंसाको कारण यस्ता घटनाहरू समाजमा घट्ने गरेको, अज्ञानता, शहरी जीवन शैली तथा तडकभडक, नकारात्मक सोच हुनु तथा सामाजिक असन्तुलनको कारण यस्तो वातावरणको विकास हुँदै गएको छ ।

पछिल्लो समयमा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटनाहरू बढ्दै जानुले सामाजिक विकृति एकपछि अर्को उजागर हुँदै गएको छ । महिला तथा पुरुषबीच अविश्वासको खाडल बढ्दै गएपछि यस्ता घटनाहरू दोब्बरको संख्यामा वृद्धि हुनु चिन्ताको विषय बनेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More