बिरामी परे जस्टिन बीबर

25 January, 2013 17:12 | कला/मनोरन्जन , हलिउड | comments | 106650 Views

गायक जस्टिन बीबर आफु अस्वस्थ भएको महसूस गरेका छन । जस्टिन बीबर उत्तरी क्यारोलिनामा आफ्नो टूरमा बिरामी परेपनि राम्रो प्रश्तुती दिने कोशिश गरिरहेका छन् । एक रिपोर्टमा बताइए अनुसार, ‘बेबी’ जस्ता हिट एल्बमहरू दिएका बीबर आफ्नो टूरमा प्रशंसकहरूलाइ खुसी त पारिरहेका छन, तर उनले ट्विटरमा बताए अनुसार उनी अहिले निकै अस्वस्थ महसूस गरिरहेका छन्, यसबाट ठिक हुनका लागी उनले केही समय आराम गर्ने योजना बनाएका छन् ।

 

बीबरले ट्वीट गर्दै उनको शेरलेटमा भएको शो निकै राम्रो भएको बताएका छन् । उनले आफुलाइ सर्दी लागेको बताउँदै अब आराम गर्न चाहेको समेत बताएका छन् । गत मंगलवार बीबर शेरलेटमा मञ्चको पछाडी बास्केट बल का प्रसिद्ध खेलाडढी माइकल जर्डनलाइ भेटेका थिए । यस पछि उनी निकै उत्साहित महसूस गरिरहेका छन् ।

  

 

बीबरले गत सेप्टेम्बर महिनामा एरीजोनामा भएको कन्सर्टका क्रममा बिरामी भएपछि उनले एउटा गीत गाउँदा गाउँदै बिचमा मञ्च छोडेर बाहिरिएका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More