भाइरल भिडियो : यसरी खिचिएको थियो पहाड चढ्दै गरेको भालु र उसको बच्चा(भिडियो सहित)
सामाजिक सञ्जालमा यतिबेला भालुको बच्चा हिउँ परेको पहाड चढ्दै गरेको भिडियो भाइरल भएको छ। भालुको बच्चा अनेक असफलताका बीच पनि पहाडमा उक्लिन कोसिस गरिरहेको भिडियोमा देखिन्छ।
यो भिडियोलाइ समाजिक सञ्जालमा ‘इंस्पिरेशन’ अर्थात प्रेरणाको ट्याग दिँदै पोष्ट गरिएको छ। भिडियोमा एक भालुको बच्चा जसरी पनि आफ्नी आमालाइ भेट्टाउने प्रयत्नमा हुन्छ। उसकी आमा पहाडको चुचुरोमा पुगे पनि बच्चा पटक पटक उचाइबाट तल झरिरहेको हुन्छ। तर उसले आफ्नो प्रयत्न छोड्दैन।

एक पटक त भालु निकै तलसम्म खस्छ। हेर्दा लाग्छ अब उसको कुनै उपाय छैन तर पत्थरमा अड्केपछि पुन: उसले आफ्नी आमालाई भेट्टाउन पहाडमा उक्लिन्छ। र यो पटक सफल समेत हुन्छ। यो भाइरल भिडियोको कतिपयले आलोचना समेत गरेका छन्। जीव विज्ञान र प्राकृतिक शोधसँग चासो राख्नेहरुले यसको आलोचना गरेका छन्।
भिडियो कसले खिच्यो ?
यो भिडियो रुसी फोटोग्राफर दिमित्रि केद्रोवले ड्रोनबाट खिचेका थिए। भिडियोलाई गम्भिरतासाथ हेर्ने हो भने कुनै बेला ड्रोनको आवाजले भालुले असहज महसुस गरेको हुन्छ भने आक्रमण समेत गर्न खोजेको देखिन्छ।
नेशनल जोग्राफीले यो अत्यन्त कठिन परिस्थिति भएको बताएको छ। नेशनल जोग्राफीले ड्रोनका कारण भालुको लागि खतरनाक स्थिति आएको बताएको छ। ड्रोनकै कारण भालुले चुचुरोमा पुग्न कठिन बाटो रोजेको हुन सक्ने उनीहरुको भनाई छ। सहज परिस्थितिमा भालुले आफ्नो बच्चाको साथ कठिन बाटो रोज्ने गर्दैन।
तर दिमिग्रा केद्रोवले आफ्नो भिडियोको बचाउ गरेका छन्। रुसी वेबसाइट लेंता. आरयूसँग कुरा गर्दै उनले ड्रोनले जनावरलाई असर नगरेको बताएका छन्। भिडियोमा जुमको इफेक्ट देखिएको उनको भनाई छ। ड्रोनको आवाज सुन्नु भन्दा पहिले नै भालुको बच्चा हिउँमा कयौं पटक लडेको उनले बताएका छन्।
भिडियो –
नागरिकबाट
युट्युबमा भाइरल भएका बाल गायक अशोक दर्जीको गीत सार्वजनिक (भिडियो सहित)
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


