भूकम्प गएकै दिन लाप्राकको नमूना वस्ती हस्तान्तरण
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ध्वस्त भएको गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । बस्ती निर्माणको निरीक्षणका क्रममा संघका अध्यक्ष कुमार पन्तले आगामी वैशाख १२ गते वस्ती हस्तान्तरण हुने जानकारी दिनुभएको हो ।
उहाँले लाभग्राहीलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई आफूहरूले ताकेता गरिरहेको बताउनुभयो । भूकम्प गएको दिनमै वस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएकाले सो समयभित्रै बस्ती निर्माणका सम्पूर्ण काम सम्पन्न गर्न लाभग्राहीलाई आग्रह गर्नुभयो ।

अध्यक्ष पन्तले वस्ती निर्माणमा सहयोग गर्ने प्राधिकरण, शहरी विकास मन्त्रालय, गैरआवासीय नेपाली, केयर नेपाल, नेपाली सेना, लाभग्राही र गाउँपालिका तथा वडा कार्यालयलाई धन्यवाद दिनुभयो । प्राधिकरणका सचिव मणिराम गेलालले प्राधिकरणका तर्फबाट पूर्वधार विकासका लागि प्रतिलाभग्राही प्राप्त हुने रु चार लाख अनुदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लाभग्राही राज गुरुङले नमूना वस्ती तोकिएको समयमै सम्पन्न हुने बताउनुभयो । परियोजनाका सहसंयोजक श्याम तामाङले एक महिनाभित्र वस्ती निर्माण सपन्न गरिने बताउनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


