मज्जाले हाँस्नुहोस् स्वस्थ रहनुहोस्

3 September, 2018 19:43 | वातावरण /स्वास्थ्य | comments | 113700 Views

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । आउनुहोस जानिराखैँ हाँसोका फाइदाहरु ।

1. सम्पूर्ण शरीरलाई आराम दिलाउँछ :- हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै मांसपेशीलाई ४५ मिनेटसम्म आराम दिलाउँछ ।

  

2. स्वस्थ रहने रसायन बढाउँछ :- हाँस्ने बानीले स्वस्थ रहन मद्धत गर्ने इन्डोर्फिन नामक रसायन वृद्धि गर्नुका साथै अस्थायी रुपमा पीडा हटाउन पनि सहयोगी भूमिका निर्वाह गर्छ ।

3. प्रतिरोधी क्षमतामा वृद्धि गर्छ :- तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ । यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ ।

4. मुटुको रक्षा गर्छ :- यसले रक्तनलीको कार्यमा सुधार गर्छ, जसले गर्दा रक्त सन्चारमा वृद्धि हुन्छ । यस्तो अवस्थामा हृदयाघात हुने र मुटुका अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ ।

5. मूड ठीक गर्छ :- हाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मूड ठीक गर्न मद्धत गर्छ । मूड ठीक हुनुको अर्थ हो, जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु हो । मूड ठीक हुँदा मानिसको व्यक्तिगत जीवन, सामाजिक जीवन व्यवसायिक जीवन सबैमा सकारात्मक प्रभाव पर्छ । यस्तै, हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरासंग जुध्ने क्षमतामा वृद्धि गर्छ ।

6. क्यालोरी खपत हुन्छ :- दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ । यसको अर्थ वर्षभरि निरन्तरता दिने हो भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्छ ।

7. बौद्धिक स्तर बढाउँछ :- मानिसको मष्तिष्कका लागि हरसमय धेरै नै अक्सिजन आवश्यक हुन्छ । हाँस्ने बानीले मष्तिष्क मात्र नभई शरीरका सम्पूर्ण अंगमा अक्सिजन आपूर्ति गर्छ । यसले बौद्धिक स्तरका साथै शारीरिक दक्षता पनि बढाउँछ ।

8. आयु बढाउँछ :- जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाँचेको पाइएको थियो ।

गायक ढकालको गीतमा कसलाई आँशु र कसलाई हाँसो भयो (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More