महोत्तरीमा समानुपातिकतर्फ राजपा पहिलो र एमाले पाँचौं
महोत्तरी जिल्लामा गत मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ राजपा नेपाल बढी मत ल्याएर पहिलो भएको छ भने नेकपा (एमाले) पाँचौं स्थानमा पुगेको छ ।
जिल्ला निर्वाचन अधिकारी पिंकी रायकाअनुसार प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चारवटा क्षेत्र रहेको यस जिल्लामा राजपा नेपालले ६० हजार २०१ मत प्राप्त गरी पहिलो भएको हो भने ३४ हजार २० मतका साथ नेपाली काँग्रेस दोस्रो, २९ हजार ५५१ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो, २९ हजार २७३ मत ल्याएर नेकपा (माओवादी केन्द्र) चौंथो र १३ हजार ६९४ मत ल्याएर नेकपा एमाले पाँचौं स्थानमा पुगेको हो ।

उहाँका अनुसार त्यस्तै प्रदेशसभा सदस्यको निर्वाचनमा पनि आठवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा राजपा नेपालले ५५ हजार पाँच सयचार मतका साथ अग्र स्थानमा पुगेको छ भने ३० हजार ६७ मत ल्याएर नेपाली काँग्रेस दोस्रो, २७ हजार १३३ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो, २६ हजार ७६७ मत ल्याएर माओवादी केन्द्र चौंथो र १२ हजार ६२१ मत ल्याएर एमाले पाँचांै स्थानमा पुगेको छ ।
उक्त निर्वाचनमा जिल्लामा कूल तीन लाख १७ हजार २८९ मतदाता रहेकामा दुई लाख १२ हजार ५२५ जनाले मतदान गरेका थिए । सो निर्वाचनमा एक लाख ८१ हजार ८२१ मत सदर र ३० हजार सात सय चार मत बदर भएको थियो ।
सकियो समानुपातिक मतगणना : प्रतिनिधिसभामा पाँच दलको मात्र उपस्थिति
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


