माघ १ गतेदेखि इन्टरटेनमेन्ट भ्याक्सिन : शिव श्रेष्ठ

6 January, 2021 17:21 | कला/मनोरन्जन , कलिउड | comments | 103500 Views

नेपाली चलचित्रको एक्सन किङको उपाधी प्राप्त अन्तर्राष्ट्रिय अभिनेता शिव श्रेष्ठले माघ १ गतेदेखि नेपाली दर्शकहरुले इन्टरटेनमेन्ट भ्याक्सिन पाउने बताउनुभएको छ । कोरोना संक्रमणका कारण बन्द गरिएका चलचित्र भवनहरु खुले पनि नयाँ चलचित्र प्रदर्शनन गर्ने आँट कसैले नगरिरहेका बेला अभिनेता श्रेष्ठले आफ्नो नयाँ चलचित्र खोपकै रुपमा प्रदर्शन गर्न तयार भएको बताउनुभएको हो ।

शिव श्रेष्ठको कथा र प्रस्तुति रहेको चलचित्र “एउटा यस्तो प्रेम कहानी”को शीर्षक गीत तथा पोस्टर सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता श्रेष्ठले कोरोना महामारीले आक्रान्त दर्शकका लागि आफ्नो चलचित्र मनोरञ्जनको खोपका रुपमा प्रदर्शन गर्न तयार भएको र कसै न कसैले चलचित्र क्षेत्रलाई अघि बढाउन हिम्मत गर्नैपर्ने भएकाले आफू तयार भएको बताउनुभएको हो ।

  

आफूलाई विगत ४० वर्षदेखि नेपाली दर्शकहरुले दिइरहेको माया र भरोसाकै उपजका रुपमा एउटा चलचित्र बनाएको र संकटका बेला चलचित्र क्षेत्रलार्य टेवा दिन निर्माण पक्ष सहमत भएर प्रदर्शनको जोखिम लिएको बताउनुभयो ।

उहाँले नयाँ चलचित्रहरु प्रदर्शन गर्न निर्माताहरुले आनाकानी गरे पनि आफ्नो चलचित्रसंगै नयााँ चलचित्रको प्रदर्शनको क्रम सुरु हुने र नेपाली चलचित्र उद्योगले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्रमा शिव श्रेष्ठ, शिवका छारा शक्ति श्रेष्ठ, प्रियंका कार्की, नायिका करिश्मा मामन्धरकी छारी कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ ।

दिपेश सापकोटाको निर्देशन रहेको यस चलत्रिमा फिस्टेल मुभिजको ब्यानरमा निर्माता यशोदा राई र दिनेश दर्शनधारी निर्माता तथा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सहनिर्माता हुन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More