मुख्यमन्त्री शाहीप्रतिको समर्थन एमालेको एक पक्षबाट फिर्ता, अर्को पक्षको कायमै
नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेको छ । कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलसहित १० प्रदेशसभा सदस्य सम्मिलित बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
उक्त बैठकपछि समर्थन फिर्ता लिने निर्णय प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री पदका लागि गरेको समर्थन संसदीय दलका १० सदस्यको हस्ताक्षर र रोहबरमा यही चैत ५ गतेदेखि लागू हुने गरी फिर्ता लिने निर्णय यस कार्यालयमा पेश भएको व्यहोरा जानकारी गराइएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज नेकपा (एमाले) प्रदेशसभा दलका नाममा गरिएको भनिएको गुटगत बैठकको निर्णयप्रति आफू इतर पक्षको ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको ध्यानाकर्षणमार्फत जानकारी गराउँदै योजनामन्त्री ज्वालाले प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेशसभा दलको समर्थन कायमै रहेको अवगत गराउनुभएको छ ।
उहाँले भन्नुभयो, “यस्तो गुटगत बैठक प्रचलित कानून, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौँ, औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयप्रति हाम्रो असहमति छ ।” ओली र माधव समूहका छुट्टाछुट्टै निर्णय तथा ध्यानाकर्षण सार्वजनिक भएपछि एमाले कर्णालीमा पुनःविवाद शुरु भएको छ ।
कर्णाली प्रदेश सरकार अल्पमतमा, समर्थन फिर्ता लिने एमालेको निर्णय
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


