म्यासेन्जरमा विश्वभर लगइन र डाउनलोडको समस्या

10 December, 2020 22:20 | सूचना/प्रविधि | comments | 122700 Views

विश्वमा सर्वाधिक मानिसले प्रयोग गर्ने म्यासेन्जरमा समस्या आएको छ । बिहिबार दिउसोदेखि धेरै प्रयोगकर्ताहरूले फेसबुक तथा म्यासेन्जर र इन्स्ट्राग्राममा इन्टरनेटसंग कनेक्ट नहुने समस्या देखिएको छ ।

डाउन डिटेक्टरले जिएमटी अनुसार ९ बजेदेखि यी २ सामाजिक सञ्जालबारे धेरै गुनासो आइरहेको उल्लेख गरेको छ । डाउन डिटेक्टरमा आएका समस्याहरूमध्ये ७९ प्रतिशत फेसबुक म्यासेन्जरको रहेको बताइएको छ ।

  

समाचार एजेन्सीहरुका अनुसार म्यासेन्जरमा म्यासेज पठाउन तथा लग इन गर्नमा समस्या देखिएको छ । ३७ प्रतिशतले फेसबुक एपको बारेमा गुनासो राख्दा ३० प्रतिशतले भने लग इनमा समस्या भएको गुनासो टिपाएका छन् । बेलायत, फ्रान्स, बेल्जियम लगायत युरोपका धेरै देशमा यतिबेला म्यासेन्जरमा समस्या देखिएको छ ।

अहिले नेपालसहित अष्ट्रेलिया, भारत, कोरियालगायतका एसियाली क्षेत्रबाट पनि समस्या देखिएको छ । फेसबुकले हालसम्म आफ्नो एप्समा आएको समस्याबारे केही बताएको छैन । नेपाली समयअनुसार करिब सवा तीनदेखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या देखिन थालेको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More