यसरी बच्न सकिन्छ पिसाब सङ्क्रमणबाट
के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ ।
यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ । पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै जुनसुकै ठाउँमा किटाणुले हुने सङ्क्रमण हो । शिक्षण अस्पताल महाराजगञ्जका युरोलोजिष्ट प्रा डा उत्तम शर्मा यौन अङ्गको सरसफाइ वा शरीरको कुनै भागमा भएको सङ्क्रमण रगतको नलीबाट त्यहाँ पुगेर पनि पिसाब सङ्क्रमण हुने बताउनुहुन्छ ।

पिसाब आउने बाटो मिर्गौला, पिसाबको थैली, पिसाबको नली पिसाब आउने बाटोमा कुनै पनि समस्या भयो वा अवरोध भएमा पिसाब जमेर सङ्क्रमण हुने उहाँको भनाइ छ । विभिन्न अवरोधका कारण पिसाब सजिलै बाहिर जान पाएन भने सङ्क्रमण हुन्छ । पिसाब सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुनसक्ने चिकित्सकहरु बताउँछन् । पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ, पिसाब राम्ररी निखरेको छैन वा पिसाब नली साँघुरो छ भने पनि सङ्क्रमण हुन सक्छ ।
डा शर्माले भन्नुभयो, “वृद्ध पुरुषहरुमा हुने प्रोस्टेट ग्रन्थीको कारणले पिसाब नलीलाई साँघुरो बनाउदै लैजाँदा पिसाब सङ्क्रमण हुने धेरै सम्भावना रहन्छ ।” तुलनात्मक रुपमा हेर्ने हो भने पुरुषलाई भन्दा महिलालाई पिसाबको सङ्क्रमण बढी हुने गर्छ ।
महिलाहरुको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले बाहिरी सङ्क्रमण पुरुषलाई कम हुने चिकित्सकको भनाइ छ । स्त्रीरोग विशेषज्ञ डा अचला वैद्यले पिसाब नली, महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले बाहिरी सङ्क्रमण छिटो हुने सम्भावना रहने बताउनुभयो ।
फोहोर चर्पी प्रयोग गर्दा, भित्री कपडा, महिनावारीमा प्रयोग कपडा पनि सफा नभएमा पिसाबसम्बन्धी सङ्क्रमण हुने चिकित्सकको भनाइ छ । पर्याप्त पानी पिउने, योनी सफा राख्ने, पिसाबलाई धेरै समय नरोक्ने, चिलाउने, पोल्ने समस्या भएमा चिकित्सकलाई देखाउने गर्नुपर्छ ।–कल्पना पौडेल, रासस
यी लक्षण भए प्रोस्टेट ग्रन्थीको समस्या हुनसक्छ !
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


