यस्ता ६ तरिका अपनाउनुहोस्,  तौल घटाउनुहोस् 

5 September, 2018 20:23 | जल/वातावरण/स्वास्थ्य , वातावरण /स्वास्थ्य | comments | 169050 Views

सामान्यतया हरेक मान्छेलार्इ दुब्लाउने नै चाहाना हुन्छ , शरीर भद्दा भएर उनीहरू चिन्तीत रहन्छन् भने कसैलार्इ मोटाउने चाहाना हुन्छ । अति नै दुब्लो शरीर हुनेलार्इ पनि कसरी मोटाउने भन्ने चिन्ता नै हुन्छ।

धेरै तौल भएका मानिसहरुमा निराशा रहेको हुन्छ । त्यसैले उनीहरुले डाइटिङको लागि धेरै उपायहरु अपनाउने गर्छन् । तर धेरैलाई थाहा नभएको पनि हुन्छ, अत्यधिक मोटोले सताइरहेको मानिसले यी छ चिज खाँदा पनि शरीरको तौल घट्छ ।

  

१. पालक : पालक अर्थात् पालुंगोमा भिटामिन ए, के, सी, ईका साथै क्याल्सियम र कम क्यालोरी हुन्छ । त्यसैले यसलाई ठीक मात्रामा खान सकिन्छ । पालकमा थायलाकाइड्स नामको ग्रिन लिफ मेंबरेन हुन्छ। जो ४३ प्रतिशत तौल कम गर्ने मद्दत गर्दछ ।

२.बिन्स: बिन्समा फाइबरको मात्रा अत्यधिक हुन्छ, त्यसैले लामो समयसँग भोक लाग्दैन र लामो समयसम्म एनर्जेटिक रहन्छ ।

३. डार्क चक्लेट : यसमा कोको पाउडरमा फ्लेवनाइड्स र पालीफिनाल्स तत्व हुन्छ । डार्क चक्लेट खानाले बीएमआई घट्छ र सिधा असर तौलमा पर्छ ताकी बढ्ने तौलको कम गर्ने मद्दत गर्दछ ।

४.एवाकाडो: एवाकाडोमा मोनोस्याचुरेटेड फैटी एसिड्स पोटेसियम डाइटरी फाइबर र अन्य तत्व हुन्छ । यस म्याक्सिकन फ्रुटको नियमित सही मात्रामा खानाले धेरै तौल घटाउन सकिन्छ ।

५. गाँजर: तौल कम गर्नेका लागि गाँजर पनि एक फुड आइटम हो । गाँजरमा बिटा कैरोटिन र फाइबर कन्टेन धेरै मात्रामा हुन्छ ।

६. च्याउ : च्याउ तौल घटाउनका लागि राम्रो फुड आइटमको रुपमा लिइन्छ । किनभने यसमा फाइबर धेरै मात्रामा हुन्छ । यो थोरै खाँदा पनि धेरै एनर्जी हुन्छ र छिटो भोक पनि लाग्दैन ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More