राप्रपालाई विवेकशीलले जित्यो

15 December, 2017 15:44 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 194400 Views

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकको मतगणना जारी रहँदा ‘पूर्वपञ्च’ हरुको पार्टी  भनिने राप्रपा कमजोर देखिएको छ ।  कमल थापा नेतृत्वको उक्त पार्टीले हालसम्म मात्र १८८२९९ मत ल्याएको छ ।  जवकी दोस्रो संविधान सभा निर्वाचनबाट यो पार्टी चौंथो शक्तिको रुपमा उदाएको थियो । यो पार्टीलाई रविन्द्र मिश्र  नेतृत्वको विवेकशील साझाले  पछि पारेको छ ।

थापाको पार्टीले भन्दा रवीन्द्र मिश्र नेतृत्वको नयाँ दल विवेकशील साझाले धेरै मत ल्याएको छ |  हालसम्म विवेकशील साझाले १९७३५७ मत ल्याएको छ । यी दुबै पार्टीले थ्रेस होल्ड कटाउन नसकेको भएपनि मिश्रको  पार्टी थापाको पार्टीभन्दा बलियो अवस्थामा देखिएको हो ।
यसो त आशा गरिएको  नयाँ शक्तिले पनि मात्र ७५६३९  मत ल्याएको छ ।

  

शुक्रबार बिहान ९ बजेसम्म समानुपातिकको ८७ लाख १७ हजार ८१४मत   गनिसकिएको छ ।  अब मात्रै १८ लाख ६९ हजार ७०७ मत मात्रै गन्न बाँकी रहेको छ ।  निर्वाचनमा कूल १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो ।  मतगणना अनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेले २९५२९१० मत ल्याएको छ भने पछिपछि रहेको कांग्रेसले २८७३००२ मत ल्याएको छ ।

यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११८५३४९ मत ल्याउँदा संघीय समाजवादी फोरमले ४१७९१५ मत ल्याएको छ । यसैगरी राजपाले ३८१७९५ मत ल्याएको छ ।  यी ५ दलले मात्रै हालसम्म ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् ।  प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनु पर्ने  कारण यी ५ दल नै राष्ट्रिय दल बन्ने निश्चित देखिएको छ ।

रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More