लादनेको फिल्मले ३ दिनमा साँढे २ करोड डलर आम्दानी गर्न सफल (प्रोमोसहित)

17 January, 2013 10:03 | कला/मनोरन्जन , हलिउड | comments | 72150 Views

आतंकवादी संगठन अलकायदाका पूर्वप्रमुख ओसामा विन लादेनमाथी बनेको फिल्मले अमेरिकामा प्रदर्शनको पहिलो ३ दिनमै लगभग साँढे २ करोड डलर आम्दानी गर्न सफल भएको छ । लादेनको मृत्यु सन् २०११ मा पाकिस्तानको एटबाबादमा भएको थियो । अमेरिकी सेनाले चलाएको विशेष अभियानमापरी लादेन मारिएका थिए ।

 

लादेनको खोजी गर्ने विषयमा बनेको ‘जिरो डार्क थर्टी’ नामक फिल्मले अमेरिकी बक्स अफिसमा पहिलो ३ दिनमा उक्त भारी रकम आन्दानी गर्न सफल भएको बीबीसीले जनाएको छ । फिल्मको उक्त आन्दानी सप्ताहन्तकै सबैभन्दा बढी कमाई भएको जनाइएको छ ।

  

 

त्यस्तै ‘ए हन्टेड हाउस’ फिल्म दोस्रो र ‘ग्याङ्स्टर स्कवेड’ बक्स अफिसमा तेस्रो स्थानमा रहन सफल भएको जनाइएको छ । सप्ताहन्तको पहिलो स्थानमा रहन सफल डार्क थर्टीका निर्देशक क्याथरिन बिगोलो हुन् ।

 

उक्त फिल्म पछिल्लो हप्ता ओस्कार पुरस्कारको ५ श्रेणीमा नोमिनेशनमा समेतको परेको जनाइएको छ भने आइतबार गोल्डन ग्लोब अवार्डमा जेसिका चेस्टेनले यही फिल्मका लागि सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जितेकी छिन् ।

 

क्याथरीनको अघिल्लो फिल्म इराक युद्धमा आधारित थियो र यसले ६ विधामा ओस्कार अवार्ड जितेको थियो । सोधपुछलाई आक्रामक रुपमा प्रस्तुत गरिएको भन्दै फिल्मको अमेरिकामा आलोचना समेत भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More