• Notice: Undefined variable: adurlone4 in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/header.php on line 348

लायन्स क्लबले सेलरोटी बेच्दै क्यान्सरपीडितको लागि सहयोग

3 August, 2018 16:20 | समाज | comments | 174600 Views

Notice: Undefined variable: aone in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/functions.php on line 1445

Notice: Undefined variable: adurlone in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/functions.php on line 1445

मोरङको लेटाङ नगरपालिका-९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी बेच्ने अभियान चलाएको छ। सो अभियानअन्तर्गत लायन्स क्लब अफ लेटाङकी अध्यक्ष शान्ति लामा पाख्रिनको नेतृत्वमा लायन्स क्लब अफ पथरी, पथरी वाणिज्य संघसमेतको सहकार्यमा घरमा बनाइएको सेलरोटी दिएर बिहीबार पथरी बजारमा सहयोग रकम संकलन गरिएको हो।

विपन्न परिवारकी बालिकाको भरतपुर अस्पतालमा किमोथेरापी शुरु गरिएको छ। विदेशबाट पनि सहयोग प्राप्त हुँदै गरेको अभियानकी संयोजक शान्ति लामा पाख्रिनले बताए।

  

सेलरोटी र एक बोतल पानी दिँदै इच्छाअनुसारको सहयोग माग्ने क्रममा पथरी बजारबाट रु ७१ हजार ८८५ संकलन भएको थियो। उक्त रकममा नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिले सहयोगी टोलीलाई कार्यालयमै बोलाएर सहयोग रकम प्रदान गरेका थिए।

‘लेटाङ प्रिन्सेस’–२०१८ की बिजेता सुजता खतिवडा, फष्ट रनरअप जानुका मगरसमेत सो अभियानमा सहभागी भई बेलबारी बजारमा रु ६१ हजार २११ रकम संकलन गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक


Notice: Undefined offset: 1 in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/single.php on line 3223

ट्वीटर

सामाजिक सञ्जाल

More