‘वंडर वुमन’ बन्यो अमेरिकाको सर्वाधिक कमाई गर्ने फिल्म

26 August, 2017 16:58 | कला/मनोरन्जन , हलिउड | comments | 152400 Views


हलिउड फिल्म ‘वंडर वुमन’ले बक्स अफिसमा तहल्का मच्चाएको छ । यो फिल्म अमेरिकी बक्स अफिसमा सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।

प्याटि जेनकिन्सको निर्देशनमा बनेको ‘वंडर वुमन’मा गल गडोतले मुख्य भूमिका निर्वाह गरेकी छन् । यस फिल्मले अमेरिकाको बक्स अफिसमा २५ अर्व ८९ करोड भन्दामाथिको व्यापार गरेको बताइएको छ ।  फिल्मले स्पाइडर म्यानको कमाइलाई पनि पछि पार्न सफल भएको बताइएको छ ।

यस फिल्ममा गल गडोतसँगै क्रिस पाइन, रबिन राइट, डेनी हटसन, डेविड थुलिस, कनी निलसन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।२ जुन मा रिलिज भएको यस फिल्म जापानमा भने २५ अगस्टमा रिलिज भएको थियो । यसको अर्को भाग भने २०१९ मा रिलिज हुनेछ ।

  

संसारकै सर्वाधिक कमाई गर्ने अभिनेता बने मार्क वाह्ल्बर्ग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More