वरिष्ठ पत्रकार भैरव रिसाललाईसहित छजनालाई विकल स्मृति पुरस्कार

22 December, 2019 11:48 | साहित्य | comments | 121500 Views

आख्यानकार रमेश विकलका नाममा स्थापना भएको साहित्य प्रतिष्ठानले बाह्रौँ विकल स्मृति दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मानित व्यक्तित्वलाई पुरस्कार एवं सम्मान प्रदान गर्नुभयो ।

रु ३० हजार नगदसहित रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार एवं पत्रकार भैरव रिसाललाई प्रदान गरियो । रु १५ हजार नगदसहित रमेश विकल सुशीला समाज सेवा पुरस्कार समाजसेवी सुदर्शन सिग्देल र रु १० हजार नगदसहितको रमेश विकल सृजना पुरस्कार किशोर पहाडी, रमेश विकल बालसाहित्य पुरस्कार प्रा डाक्टर ध्रुव घिमिरे, रमेश विकल सुशीला सङ्घर्षशील नारी सेवा पुरस्कार रेणु शर्मा उप्रेती र रमेश विकल सङ्गीत पुरस्कार शिशिर योगीलाई प्रदान गर्नुभयो ।

  

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले शताब्दी पुरुष जोशीले रमेश विकल नेपाली आख्यानका महन व्यक्तित्व भएको बताउनुभयो । ‘अविरल बग्दछ इद्रावती’ उपन्यास हिमाली साहित्य मध्येको सबैभन्दा उत्कृष्ट मौलिक कृति भएको उहाँले सुनाउनुभयो ।

“जसले समग्र जनजीवन समेटेको छ, यो विशेषता अरु नेपाली आख्यानमा पाइँदैन, रमेश विकलले आफ्नै जीवनकालमा परिवारको सहमतिमै घर जग्गा उपलब्ध गराएर यो प्रतिष्ठानको स्थापना गर्नु नमूना योग्य उदाहरण बन्न पुगेको छ”, शताब्दी वाङ्मय पुरुष जोशीले भन्नुभयो ।

नेपाल कला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विकल कलमका मात्र नभएर कलामा पनि त्यत्तिकै सशक्त हस्ताक्षर भएकाले उहाँको कलाकार व्यक्तित्वका बारेमा अध्ययन हुनु जरुरी रहेको सुनाउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नेपाली आख्यानका विशिष्ट प्रतिभा विकलका साहित्यले नेपाली समाजको रूपान्तरणमा समेत महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य हेमनाथ पौडेलले विकल नेपाली साहित्यमा आख्यान विधाका अमर प्रतिभा भएको बताउनुभयो । विसं २०६३ मा प्रतिष्ठान स्थापना भएदेखि प्रत्येक वर्ष पुरस्कार वितरण हुँदै आएको महासचिव एवं विकलका ज्येष्ठ सुपुत्र तथा वरिष्ठ पत्रकार विजलय चालिसेले सुनाउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More