विदेशिने कामदारले तिर्ने शुल्क सरकारले बढायो
सरकारले सोमबारबाट विदेशिने कामदारसँग लिने कल्याणकारी शुल्कमा वृद्धि गरेको छ । सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषका लागि लिइने शुल्कमा ५ सयदेखि १५ सय रुपैयाँसम्म वृद्धि गरिएको हो । यसले कामदारले यसअघि भन्दा अढाई गुणासम्म बढी शुल्क तिर्नुपर्ने भएको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सोमबारबाट लागु हुने गरी ३ वर्षसम्मका लागि श्रम स्वीकृति लिएर विदेशिने कामदारसँग अब १५ सय रुपैयाँ शुल्क लिने भएको हो । त्यसैगरी ३ वर्षभन्दा बढी समयका लागि जानेले २५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । यसअघि सबै किसिमका श्रम स्वीकृति लिनेका लगि १ हजार मात्रै शुल्क थियो ।

सोमबार देखि खाडी मुलुकमा जानेले सरकारलाई १५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ भने छ । त्यस्तै कोरिया, जापान, इजरायल, अमेरिका लगायत युरोपेली देशका वर्किङ भिसामा ३ वर्षभन्दा बढी अवधिका लागि जाँदा २५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
कल्याणकारी कोष विदेशमा मृत्यु भएका, अङ्गभङ्ग भएका र बिरामी परेकाहरुलाई क्षतिपूर्ति दिन बनाइएको कोष हो । कोषमा अहिले ४ अर्ब रुपैयाँ जम्मा भएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


