विराटनगरमा महाकवि देवकोटाको शालिक अनावरण

14 November, 2020 22:08 | साहित्य | comments | 81000 Views

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुनः निर्माण गरिएको शालिकको अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्राज्ञ दिवस पोखरेलले विराटनगर–८ देवकोटा चोकमा देवकोटाको ११२ औँ जन्मजयन्तीको उपलक्ष्यमा पुुनः निर्मित शालिकको आज संयुक्त रुपमा अनवरण गर्नुभयो ।

महानगरपालिकाको रु १९ लाखको लागतमा शालिक निर्माण गरिएको छ भने त्यसको वरिपरि स्ट्रिट लाईट राखिएको छ । प्रमुख पराजुुलीले प्रजातन्त्र पुनःस्थापनापछि विराटनगरबाट प्रधानमन्त्री हनुभएका सबैको शालिक नगर क्षेत्रमा निर्माण गरिने जानकारी दिनु भयो ।

उहाँले प्रजातन्त्र स्थापनाका लागि देवकोटा पुस्तकालयको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै पुस्तकालय सुचारु रुपमा सञ्चालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्राज्ञ विवश पोखरेल, विराटनगर महानगरपालिकाका उपप्रमुुख इन्दिरा कार्कीले महाकवि देवकोटाले साहित्यक्षेत्रमा पुु¥याएको योगदानको चर्चा गर्नु भयो ।

  

देवकोटा चोकमा विस २०४२ मा महाकवी देवकोटाको शालिक स्थापना गरेपछि सो चोकको नाम देवकोटा चोक रहन गएको हो । पुुस्तकालयका अध्यक्ष सुुवोध निरौला, निर्माण उपभोक्ता समितिका अध्यक्ष वसन्तराज अर्याल र नारायणवावुु कार्की लगायतले देवकोटाको जीवनी र पुस्तकालयले अहिलेसम्म गरेको कामका बारेमा जानकारी दिनुभएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More