विवेकशील साझाको मत २ दशमलव २६ प्रतिशत

17 December, 2017 15:25 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 444000 Views

समानुपातिकतर्फ हालसम्म गनिएका ९३ लाख ७२ हजार ५ सय ४४ मतमध्ये विवेकशील साझा पार्टीले छैँटौँ स्थान हासिल गरेको छ। विवेकशीलले अहिलेसम्म २ लाख १२ हजार २ सय ९३ मत प्राप्त गरेको छ ।

विवेकशीलले पाएको मत सम्पूर्ण मतको २ दशमलव २६ प्रतिशत हो। थ्रेसहोल्ड कटाएर समानुपातिकतर्फ सिट हासिल गर्न विवेकशीलले ३ प्रतिशत मत ल्याउनुपर्थ्यो। एमाले, कांग्रेस, माओवादी, फोरम र राजपापछि छैँटौँ स्थानमा विवेकशील आएको छ।

  

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टीलगायतले पाएको मत विवेकशीलभन्दा तल छ। अब सुनसरी र सर्लाहीका केही स्थानको मात्र गणना बाँकी छ।

काठमाडौंमा समानुपातिक मतः पहिलो कांग्रेस, दोस्रो विवेकशील साझालाई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More