विशेष सम्पादकीय– नेपाली जनतालाई ‘थाहा’ चाहियो
असफलतालाई सफल बनाउने प्रयास गर्नुको साटो अरुतिर दोष थोपरेर उम्कने शासकहरुको मनोवृत्तिमा अहिले मसानमा पुगेको भनिएको ‘राजतन्त्र’को भूत सवार भएको छ । नेताहरु राजतन्त्र कुनै हालतमा फर्कदै, राजतन्त्र चाहियो भन्नेहरु अपराधी हुन भन्दै कुर्लन थालेका छन् ।
के यो विषयमा शीर्ष तहका नेताहरुले बहस निकालिरहनु आवश्यक छ ? किन राजतन्त्रको भूतले सताइरहन्छ नेताहरुलाई ? राजतन्त्रले देश समाप्त पार्यो भनेर ल्याइएको गणतन्त्रको जग यति कमजोर छ ‘मसान’को ‘विर’ नाचेको हल्लाको भरमा थर्थर हुने ? हैन बेमौसमको बाजा बजाएर के सावित गर्न खोजेको हो ? नेपाली जनतालाई थाहा चाहिएको छ ।

नेपालमा राजतन्त्रको भूतको त्रास बढिरहेको प्रधानमन्त्रीदेखि सत्तारुढ दलका नेताहरुले देख्नु अनि यसै मेसोमा भारतीय जासुसी निकाय “रअ”का पूर्व अधिकारी अमर भूषणको हालै प्रकाशमा आएको ‘इनसाइड नेपाल’ नामक पुस्तकले राजतन्त्रका बारेमा गरेको खुलासाले के साँच्चै नेपालको गणतन्त्रको जग भारततिरै हालिएको हो त भन्ने प्रश्न उठाएको छ ।
जगजाहेर कुरा के हो भने सो पुस्तकमा भारतको रणनीतिक स्वार्थअनुरूप नेपालको आन्तरिक राजनीतिक परिवर्तन र दिशा निर्धारणका निम्ति आर्थिक लगानीसमेत गरी राजनीतिक समूहहरू र नेताहरूलाई प्रभावकारी ढंगले उपयोग गरेको रोमाञ्चक कथा प्रस्तुत गरिएको छ । केही वर्ष अगाडि प्रकाशनमा आएको ‘रअ’कै अर्का पूर्व अधिकारी आर.के. यादवको ‘मिसन रअ’ ले पनि पाकिस्तानको विभाजन र बंगलादेशको उदय, सिक्किमको विलय र श्रीलङ्काको तामिल विद्रोहका सन्दर्भमा ‘रअ’ले गरेको जासुसी चलखेलदेखि लिएर इन्दिरा गान्धीको शासनकालमा नेपाललाई बिखण्डित गर्न बनाइएको षडयन्त्रात्मक कार्य योजनावारेका अनेक प्रसङ्गहरू उजागर गरेको पनि सार्वजनिक भएकै थियो ।
पछिल्लो समय भएको खुलासामाथि नेपालका नेताहरुको मौनता र उनीहरुमा उत्पन्न राजतन्त्रको भूतको छटपटीले के सिद्ध गर्न खोजेको हो पत्तो छैन । नेपालमा राजनीतिक परिवर्तनका लागि पटकपटकका आन्दोलनमा होमिएका र लामो समयसम्म जेलको कठोर यातना भोगेका अनि कोही भूमिगत र कोही निर्वासनमा रहेका राजनीतिक नेताहरूसमेत ‘रअ’को षडयन्त्रात्मक योजनामा कसरी उपयोग हुँदैआएका रहेछन् भन्ने कुराको खुलाशा क्रमशः भैरहेको वास्तविकताले यस्ता गोप्य र षडयन्त्रात्मक जासुसी गतिविधिको निरन्तरता र त्यसको अवाञ्छित प्रभावबाट नेपालको आन्तरिक अवस्था कति समस्यामूलक, कति दिशाहीन र समग्रतामा कति प्रदुषित हुन पुगेको होला भनी स्वतः अडकल गर्न सकिन्छ ।
नेपाली जनता जहिले पनि विकास, शान्ति र स्वतन्त्रताको पक्षमा रहे । राजनीतिक दलका आव्हानमा २००७ साल, २०४६ साल र २०६२–०६३ को आन्दोलनमा सामेल भए । तर, जनताले अपेक्षा गरेको कुनै पनि प्रतिफल प्राप्त भएन । हरेक आन्दोलनको निर्धारण भारतबाट हुने र भारतकै स्वार्थ अनुसार हुने गरेको तथ्य नकार्न सकिन्न । अझ २०६२।०६३ को आन्दोलन र १० वर्षे माओवादी जनयुद्धका विषयमा भारतीय लेखकहरुबाट गरिएको खुलासाले डरलाग्दो संकेत दिएको छ ।
माओवादीको दशवर्षे जनयुद्ध आन्तरिक राजनीतिक द्वन्द्व, अन्तर्विरोध र समग्रतामा आन्तरिक परिस्थितिकै उपज थियो भन्नेमा विमती नरहे पनि कालान्तरमा त्यो भारतको पकडमा पुगेको तथ्य भूषणको पुस्तकले गरेको छ । नेपालको आन्तरिक राजनीति राष्ट्रिय चिन्तनधारबाट विचलित हुने क्रम बढ्दैगएपछि बाहिरी क्षेत्रबाट दुर्नियतिवश प्रक्षेपण गरिने गरेका प्रायोजित मुद्दाहरू स्थापित हुने क्रम द्रुत गतिमा अगाडि बढिरहेको छ । वैदेशिक शक्तिकेन्द्रहरूलाई आश्रयदाता, मुक्तिदाता, मार्गदर्शक र सत्ताप्राप्तिको स्रोत मान्ने सोचको विकास र तदनुकूलकै लम्पसारवादी व्यवहारका कारण उत्पन्न हुँदै झ्याङ्गिँदै आएका विकराल समस्याहरूको खातमा मुलुक उभिएको छ । वैदेशिक शक्तिहरूको उपयोगमा आउनेहरूले देश र जनताको हितका वारे जति नै फलाको गरे पनि त्यस्ता गुमस्ता चरित्रका पात्रहरूबाट मुलुकले कुनै पनि क्षेत्रमा अग्रगामी छलाङ् मार्न सक्दैन भने राष्ट्रिय स्वाभिमानको रक्षा पनि हुनसक्दैन ।
अहिले प्रश्न किन उठेको छ भने ‘इनसाइड नेपाल’ ले नेपालमा राजतन्त्र फाल्ने नाममा आन्तरिक द्वन्द्वको स्थिति खडा गर्न रचेको षडयन्त्रको एउटा पाटो यसैबेला किन उघारेको हो ? प्रधानमन्त्रीदेखि सत्तारुढ दलका अध्यक्षसम्म संसदमाा राजतन्त्र पुनःस्थापना हुन सक्दैन भन्दै डंका पिटिरहेका बेला राजतन्त्र मिल्काउन तत्कालीन माओवादी अध्यक्ष प्रचण्डलाई मनाउन के सम्म गर्नुपरेको थियो भन्ने खुलासाको खण्डन नेताहरुबाट आउनुपर्छ कि पर्दैन ? नेपालको परिवर्तनको वास्तविकता के हो भन्ने नेपाली जनताले थाहा पाउनुपर्छ कि पर्दैन ? गोप्यरुपमा मनलाग्दी गर्ने अनि बाहिर सुरुङ युद्ध र “प्रभु”को आदेश मानिंदैन भन्दैमा हुन्छ ? वास्तविकता नेपाली जनताले थाहा पाउनुपर्यो !
‘पूर्वराजा, राजावादी र कांग्रेस राजतन्त्र फर्काउने खेलमा : संघीयता र भारतबाट देशमाथि खतरा’
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


