विश्वासको मत लिएर अगाडी बढ्ने मुख्यमन्त्री पौडेलको दृढता
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताउनुभएको छ । पौडेलले संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव प्रस्तुत हुनुलाई सामान्यरुपमा लिनुपर्ने भए पनि हाल विकास र समृद्धि नचाहनेको गठजोडबाट आएको प्रस्ताव भएकाले यो घटनाले गम्भीर बनाएको बताउनुभयो ।
रासससँग आज कुराकानी गर्दै पौडेलले सरकारविरुद्ध सरकारमै रहेका मन्त्रीले अभिव्यक्त गरेको धारणाप्रति विरोध जनाउनुभयो । उहाँले सहकर्मी मन्त्रीकै अगुवाइमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिनुलाई दुःखद् परिघटनाको रुपमा लिएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले दर्ता गरिएको अविश्वासको प्रस्तावको सदनमार्फत सानदार खण्डन गरेर विश्वासको मत प्राप्त गर्ने धारणा राख्नुभयो । पौडेलले मन्त्रीले राजीनामा पत्रमा आरोप लगाएजस्तो सरकार सुस्त नभएको दावी गर्नुभयो । मुख्यमन्त्री पौडेलले आफ्नो पक्षमा बहुमत पु¥याउन तयार रहेको बताउनुभयो ।
प्रदेशसभामा आज सरकारविरुद्ध प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावमा प्रदेश सभाका ४५ जना सदस्यले हस्ताक्षर गरेका छन् । त्यस्तै आजै प्रदेशका तीन मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका थिए । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र दर्ता गराउनुभएको थियो । राजीनामा पत्रमा मन्त्रीले मुख्यमन्त्री पौडेलका कारण सरकारको कामकारवाही सुस्त भएको आरोप लगाएका छन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


