विश्व खुल्ला महिला कविता प्रतियोगितामा कल्पना तामाङ प्रथम
विश्व महिला खुल्ला कविता प्रतियोगिताको उपाधी अमेरिका निवासी कल्पना तामाङले वितेकी छिन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समितिद्वारा आयोजित कविता प्रतियोगितामा उपाधीसंगै उनले पाँचयस डलर नगद पुरस्कार समेत हात पारिन ।
१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा समितिले विश्व महिला खुल्ला कविता प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेको प्रतियोगितामा जापानकी बिन्दा पराजुलीले द्वितीय हुँदै तीनसय डलर हात पारिन भने विष्णुमाया विभु (नर्वे)ले तृतीय भएर दुई सय डलर जितेकी छन ।

महिला जीवनमा आधारित विषयमा कविताहरू आव्हान गरी विश्वभरिका महिला श्रष्टाहरूबाट पठाइएका रचनाहरू छनौट समितिबाट छानिएर आइतबार वाचन कार्यक्रममा सहभागि गराइएको थियो ।
अनेसास महिला समितिकी संयोजक उर्मिला निर्दोषीले संचालन गरेको कार्यक्रममा संयोजक निर्दोषीले कार्यक्रमको माथि महत्त्व दिँदै सन्तुलित साथै स्वच्छ समाज निर्माणमा महिलाका सोचाइ र सिर्जनाका विषयहरूले समाजमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भयो ।
उहाँले आमाहरू हरेक बच्चाका पहिलो शिक्षक, हरेक महिलाहरू घर गृहस्थीको मुटु र महिलाहरू नै समाजका मेरुदण्ड हुन् । महिलाका सृजनाहरू समाजका दर्पण र उनीहरूको अन्तरमनका भावनाहरूका साथै सामाजिक पथप्रदर्शक पनि भएकाले यस्ता प्रतियोगिताहरू समय समयमा अरू संस्थाहरूले पनि गर्नुपर्ने जोड दिनुभयो ।
कार्यक्रममा संसारभरिबाट कवयित्रीहरूले सहभागिता रहेको थियो । प्रतियोगी श्रष्टाका वाचन र सिर्जनाहरूले सभा नै स्तब्ध भएको थियो । “महिलाप्रतिको सामाजिक सोचको परिवर्तन र समान लैङ्गिक समाज स्थापना अपरिहार्य आजको आवश्यकता” माथि केन्द्रित बेजोड रचनाहरूले समाजको पितृसत्रात्मक सोच र ज्यादती, दुव्र्यवहार, क़ानून, प्रहरी, प्रशासन, सरकार, व्यवस्थापनको परिवर्तन कुराहरू विभिन्न छन्द र गद्य रचना सुनाइएका थिए ।
प्रतियोगी श्रष्टाहरू तीन वटा महादेशका र विभिन्न सामाजिक, आर्थिक, शैक्षिक लगायतका पेशामा आबद्ध हुनुहुन्थ्यो । साथै कार्यक्रममा विभिन्न साहित्यानुरागी, अग्रज कवि, कवयित्री तथा अनेसास केन्द्र र अनेसास बोर्ड अफ ट्रस्टीका अधिकांश व्यक्तित्वहरू र छनौट समितिका निर्णायकहरू समेतको गरी ठूलो सहभागिता रहेको थियो ।
उक्त प्रतियोगिताका लागि साहित्यकार सीता पाण्डे, समालोचक लीला लुइँटेल र सुप्रसिद्ध कवि लालगोपाल सुवेदीलाई निर्णायकका रूपमा मनोनयन गरिएको थियो । पुरस्कृत तथा वाचनका लागि छनोट गरिएका रचना चयन प्रक्रिया प्रभाव तथा दबाबमुक्त रहेको समालोचक लीला लुइटेलको धारणा थियो ।
पुरस्कृत बाहेकका अन्य कविता पनि पुरस्कृत कविताकै हाराहारीका अब्बल रहेको धारणा साहित्यकार सीता पाण्डेले बताउनुभयो । गद्य कवितामा विम्ब तथा प्रतीकको योजना कौशल र छन्द कवितामा पद लालित्य सहितको परिपाकबाट कविता कति बुलन्द बनेको छ भन्ने आधारमा अन्तिममा कुन कविता प्रथम, कुन द्वितीय र कुन तृतीय भनेर छुटाइन्छ भन्ने अनुभव बाँड्दै अन्तर्मनको सरस्वतीले अह्राए बमोजिम अत्यन्त कडा परिश्रमबाट पुरस्कारका लागि कविता चयन गरिएको धारणा कवि लालगोपाल सुवेदीले व्यक्त गर्नुभयो ।
बोर्ड अफ ट्रस्टीकी अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम अनेसास केन्द्रीय अध्यक्ष प्रकाश माइला पौडेलले शुभकामना सन्देश दिँदै र कार्यक्रमको अति सह्राना गर्नुभएको थियो । साथै कार्यक्रममा बोर्ड अफ ट्रस्टीका उपाध्यक्षहरू पुरु सुवेदी र पदम विश्वकर्माले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम पुरस्कार दाताहरूको पनि उपस्थित थियो । कार्यक्रमको समापन गर्दै अनेसासका महासचिव सर्वज्ञ वाग्लेले सबै उपस्थित महानुभावहरू, सहयोगीहरू, पुरस्कारको रकम सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापनका साथ गर्नुभएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


