वैकल्पिक विधिमा विद्यार्थीको पहुँच नपुग्दा सबैलाई समेट्न गाह्रो
सुदूरपश्चिममा कोरोना सङ्क्रमणको जोखिमका बीच विद्यालयले शुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ । विद्यालय पुगेर कक्षा कोठामा पढ्ने बानी परेका विद्यार्थी तोकिएको वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्नुका साथै आवश्यक वातावरण पनि मिल्न नसक्दा सिकाइ विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या देखिएको हो ।
अधिकांश विद्यालयले अनलाइन कक्षामार्फत शिक्षण सिकाइ गरिरहेकामा कतिपय विद्यालयले सामुदायिक शिक्षण सिकाइ (टोल शिक्षा) मार्फत पठनपाठन गरिरहेका छन् । केही विद्यालयले सीमित सङ्ख्यामा विद्यार्थीलाई विद्यालयमा बोलाएर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शिक्षण सिकाइ गरिरहेका छन् ।
सरकारले जारी गरेको सिकाइ सहजीकरण निर्देशिकामा सिकाइका पाँचवटा वैकल्पिक विधि तोकिएको छ । वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्ने विद्यार्थीको पढाइ सञ्चालन हुन नसकेपछि सम्बन्धित अभिभावक चिन्तित देखिनुभएको छ । धनगढीको एक बोर्डिङ स्कूलमा आफ्ना छोराछोरीलाई अध्ययन गराउँदै आउनुभएका स्थानीय योगेन्द्र चन्दले विद्यालयले शुरु गरेको अनलाइन कक्षाका लागि आफ्नो त्यति पहुँच नभएको र वातावरण पनि नमिलेकाले छोराछोरीको पढाइ रोकिएको बताउनुभयो ।

विद्यालय गएर पढ्ने वातावरण बनेपछि मात्र छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने योजना उहाँले बनाउनुभएको छ । उहाँले भन्नुभयो, “पढ्नेका लागि सबै विद्यालयको शिक्षण सिकाइ एकैखालका हुन्, बोर्डिङमा नै छोराछोरीलाई पढाउनुपर्छ भन्ने केही छैन ।”
धनगढी उपमहानगरपालिका कार्यालय शिक्षा शाखाका अधिकृत महादेव जोशीले सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम वैकल्पिक विधिको प्रयोग गरी विद्यालयमा पठनपाठन भइरहेको भए पनि सबै विद्यार्थी यो विधिमा नसमेटिएको बताउनुभयो । झण्डै ६० प्रतिशत छात्रछात्रा मात्र वैकल्पिक विधिमा सहभागी भइरहेको अनुमान गरिएको भन्दै जोशीले भन्नुभयो, “वैकल्पिक विधिमा सहभागी हुन नसकेका छात्रछात्राको पढाइ भने सञ्चालन हुनसकेको छैन ।”
वैकल्पिक विधिमार्फत पठनपाठन भइरहँदा सिकाइ त्यति प्रभावकारी नभइरहेको गुनासो पनि कतिपय अभिभावकले गर्न थालेका छन् । यद्यपि लामो समयदेखि विद्यालय जान नपाएका छात्रछात्रा भने आ–आफ्नै घरबाट वैकल्पिक विधि अपनाएर पढ्न पाउँदा भने खुशी देखिएका छन् । कोरोनाको जोखिमका कारण उनीहरूमा मनोवैज्ञानिक त्रास पनि उत्तिकै छ ।
कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालयका विद्यार्थीको पठनपाठन लामो समयदेखि अवरुद्ध हुँदा सरकारी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकभन्दा निजी क्षेत्रका विद्यालयका शिक्षकमा कोरोनाको प्रभाव बढी परेको छ । निजी क्षेत्रका विद्यालयमा कार्यरत अधिकांश शिक्षक तलब पारिश्रमिक पाउन नसकेर प्रभावित भएका हुन् ।
स्थानीय शिक्षक जनक पाण्डेयले कोरोना सङ्क्रमणको जोखिमले लामो समयदेखि विद्यालय बन्द हुँदा निजी क्षेत्रका विद्यालय धरासायी बनेको बताउनुभयो । अहिलेको अवस्थामा वैकल्पिक विधि अपनाएर शिक्षण सिकाइ शुरु गर्दा पनि साविकमा पढ्दै आएका विद्यार्थीमध्ये ४० प्रतिशतले मात्र वैकल्पिक विधिमा सहभागी हुन पाएको उहाँले बताउनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


