वोन्डर ओमन को सिक्वेल बन्दै

12 September, 2017 13:27 | कला/मनोरन्जन , हलिउड | comments | 208800 Views


वोन्डर ओमन को सिक्वेलको निर्देशन गर्न प्याटी जेनकिन्सले औपचारिक हस्ताक्षर गरेकी छिन् । चर्चित चलचित्र निर्माता कम्पनी वार्नर ब्रोसले जेनकिन्सलाई नै दोहोर्याउने कुरा सोमबार जनाएको छ ।

वोन्डर ओमनको अपार सफलता पश्चात यसको सिक्वेल बन्न लागेको हो । उक्त चलचित्र आलोचनात्मक तथा बक्स अफिसमा समेत निकै चलेको थियो । विश्वव्यापी ८१६ मिलियन डलर कमाइ गरेको यस चलचित्रको सिक्वेलका लागि जेनकिन्सलाई सहमतिमा ल्याउन महिनौ लागेको  खबर बाहिर आएको छ । हलिउड रिपोर्टरका अनुसार यस चलचित्रका लागि जेनकिन्सले ७ देखि ९ मिलियन डलर लिने भनिएको छ र यसले उनी हलिउडकै सर्वाधिक महंगी महिला निर्देशक हुनेछिन् ।

डिसेम्बर २०१९ मा हलमा लाग्ने कार्यक्रम तय भएको सिक्वेलमा अभिनेत्री गल गडोतनै अमेजोनियन वोरियरका रुपमा देखिने भएकी छिन् ।

  

ह्यारी पोटरका निर्देशक डेभिड यतेसले फेन्टासटिक बिट्सको पनि निर्देशन गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More