पद्मज्योति पद्मज्योति

  • पद्मज्योति
  • पद्मज्योति
  • पद्मज्योति
  • पद्मज्योति
  • पद्मज्योति

व्यावसायिक क्षेत्र आंतकित : पद्मज्योतिलाई पनि पक्राउ गर्न अदालतबाट पुर्जी

12 November, 2019 13:40 | पत्रपत्रिका | comments | 370500 Views

पद्मज्योति

मुलुकको प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना ज्योति समूहका उपाध्यक्ष डा. रूपज्योति र उनकी छोरी सुरुचीलाई ठगी आरोपमा पक्राउ गरेको प्रहरीले समूहका अध्यक्ष पद्मज्योतिलाई पनि पक्राउ गर्ने तयारी गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंबाट ज्योतिलाई पक्राउ गर्न अनुमति पाएसँगै उनी पक्राउ पर्ने सम्भावना उच्च देखिएको हो ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले दिएको जानकारीअनुसार व्यवसायी पदमज्योतिलाई सोमबार अदालतले पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको छ ।नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रहिसकेका पद्मज्योति राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)का अध्यक्षसमेत हुन् ।

  

उनी पहिलो संविधानसभामा तत्कालीन माओवादीको सिफारिसमा सांसद बनेका थिए ।यसअघि बिहीबार प्रहरीले सिंगापुरबाट फर्कंदै गर्दा उनका भाइ तथा पूर्व अर्थराज्यमन्त्री डा. रूपज्योतिलाई विमानस्थलबाटै पक्राउ गरेको थियो । सोही दिन उनकी छोरी सुरुचीसमेत पक्राउ परेकी थिइन् । दुवै बाबुछोरीमाथि अनुसन्धान गरिरहेको प्रहरीले उनका दाइ पद्मज्योतिलाई समेत पक्राउ गर्ने अनुमति लिएपछि यसले व्यावसायिक क्षेत्र आतंकित बनेको छ ।

रूपज्योति र सुरुचीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दुईपटक म्याद थपिसकेको छ । आइतबारमात्र अदालतले प्रहरीलाई अनुसन्धानको लागि मागेको सात दिनको समयमा पाँच दिन थप गरेको थियो । रूपज्योतिले १ करोड २६ लाख रूपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको र सोही आधारमा गत वर्षको मंसिर १९ गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । ज्योति समूहले सर्वोच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए । सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो । उनीविरुद्ध विजेन्द्रकृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए ।

तर, उनका दाइ पद्मज्योतिलाई भने कम्पनीमा सेयरधनी रहेकै आधारमा मात्र पक्राउन गर्न खोजिएको छ । यता निजी क्षेत्रका विभिन्न संघ संगठनहरूले पनि ज्योति पक्राउको विरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यावसायिक पहल, नाडा अटोमोबाइल्स एशोसियसनलगायतका विभिन्न संघ संस्थाले विज्ञप्ति जारी गर्दै ज्योति पक्राउको विरोध गरेका छन् । महासंघले निजी क्षेत्रलाई हतोत्साहित पार्ने कार्य भएको जनाएको छ ।

मुलुकको उद्योग व्यवसायको विकासमा ठूलो योगदान दिनुको साथै हजारौलाई रोजगारी दिएको तथा प्रत्येक वर्ष ठूलो मात्रामा राजस्वसमेत बुझाउँदै आएको समूहका प्रतिष्ठित उद्योगपतिमाथि हतारमा गरिएको पक्राउले निजी क्षेत्र प्रोत्साहित नहुने महासंघको भनाइ छ । चेम्बरले अपराध नै प्रमाणित नभई केवल उजुरीको भरमा पक्राउ गर्दा निजी क्षेत्र मर्माहत भएको जनाएको छ । यस्तै, देशमा ठूला लगानी गरेको र नियमित रूपमा उल्लेखनीय राजस्व योगदान गरी रहेका उद्यमीव्यवसायीलाई अमर्यादित व्यवहार गरिँदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित भएको जनाइएको छ ।

राष्ट्रिय व्यावसायिक पहलले पनि जाहेरीमा उल्लिखित व्यहोरा बमोजिम दुई पक्षबीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भइ सम्मानित अदालतमा धरौटी रकम समेत राखिसकिएको बुझिँदा सो आधारमा निजहरूलाई थुनेरै अनुसन्धान गर्नुपर्ने गम्भीर प्रकृतिको ठगी मुद्दा नभएको जनाएको छ । यस्तै, नाडाले पनि व्यवसायी ज्योति पक्राउले लगानीमैत्री वातावरण बिगारेको जनाएको छ ।

आजको कारोबार दैनिकमा खबर छ ।

निगमको व्यावसायिक योजना असफल : २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा तुषारापात

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पद्मज्योति

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More