शान्ति पदयात्राले टोकियो सिवुया नेपालमय (फोटो/भिडियो)
आईतवार आयोजना गरिएको शान्ति पदयात्राले जापानको राजधानी टोकियोको अतिव्यस्त शहर सिवुया नेपालमय बन्यो ।
जापानी भाषामा गौतम बुद्ध तथा बुद्ध जन्मस्थल लुम्विनीका वारेमा जानकारी दिदै निकालिएको पदयात्रामा उपस्थित भएका सयौ नेपालीले शहरलाई नै नेपालमय बनाए । अपरान्ह स्थानिय मियासिता पार्कबाट निकालिएको पदयात्रामा विभिन्न भेषभुसामा सजिएका नेपाली सहित थुप्रै जापानी नागरिकहरुको समेत समभागिता रहेको थियो ।
शहर परिक्रमा गर्नेक्रममा व्यस्त सिवुया स्टेशनमा रहेको चौबाटोमा पुग्दा जापान प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मे परेको थियो । ढाका टोपी सहित दौरा सुरुवाल तथा नेपाली झण्डा र व्यानर बोकेका पुरुष तथा नेपाली साडी चोलो र फरियामा भेला भएका महिलाहरुलाई देखेर सडक किनारामा वसेका विदेशीहरु अधिकासको क्यामेरा तथा ध्यान नेपालीहरुमा परेको थियो । पदयात्रामा बुद्ध नेपालमा जन्मिएका हुन । लुम्विनी नेपालमा पर्छ तथा नेपाल जापान सम्वन्धको ६० वर्षको अवसरमा मनाईने हीरक वर्ष उत्सव सफल पारौ भन्ने जस्ता नारा लगाएका थिए।

जापानी तथा अंग्रेजी भाषमा लेखिएको व्यानर तथा पर्चा देखेर धेरै विदेशीहरु नेपालका तथा लुम्विनीको वारेमा जानकारी लिएका थिए । विदेशी मुलुकमा एक मात्र मानव बुद्ध सिद्धार्थ गौतम तथा उनको जन्म स्थल लुम्विनीका वारेमा गराईएको भ्रमलाई यथार्थ जानकारी दिन पदयात्राको आयोजना गरिएको आयोजक वीफर अल जापानका अध्यक्ष सरोजकुमार खत्रीले जानकारी दिए ।
विफर अल जापान र नेपाल जापान युथ क्लवको संयुक्त आयोजनामा हरेक वर्ष आयोजना हुदै आएको रयालीमा लुम्विनी तथा नेपाल भ्रमणका लागि मौखिक तथा पर्चा मार्फत अनुरोध समेत गरिएको थियो । समारोहमा करिव चार सय वढी नेपाली समुदायको सहभागिता रहेको थियो ।
कार्यक्रमको वारेमा जानकारी लिन जापानी संचार माध्यमका संचारकर्मीहरुको समेत बाक्लो सहभागिता रहेको थियो ।
फोटोहरु:
भिडियो:
भिडियोहरु:खडक गुरुङ/पवन केसी
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


