शेयर दोहोरो अंकले घट्योः बीमा समूहमा १२०.७ अंकको गिरावट

22 March, 2018 20:32 | बैँक र वित्त | comments | 187050 Views

लगातार ओरालो लाग्दै आएको शेयर बजार बिहीबार पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा आइपुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो ।

‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९९ बिन्दुले ओरालो लागेर २६०.४१ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको १० लाख ७७ हजार ७४९ कित्ता शेयर रु ४३ करोड ८२ लाख ५६ हजार १३४ मूल्यमा कारोबार भएको छ । स्टककाअनुसार नौवटै सूचक समेत ओरालो लाग्दा बजार प्रभावित भएको हो ।

  

आज बैंकिङ ३.९६, होटल ५९.४५, विकास बैंक १०.७९, जलविद्युत् २५.२४, फाइनान्स ०.८, बीमा १२०.७, उत्पादन ३३.०६, अन्य ५.२७ र माइक्रोफाइनान्स समूह १९.२५ बिन्दुले आरोलो लागेको छ । बुधबार पनि शेयर बजार २४.४० अंकले ओरालो लागेको थियो ।

नेपाल स्टक एक्सचेन्जमा आरम्भ माइक्रो फाइनान्सको प्राथमिक शेयर सूचीकृत भएको छ । सो फाइनान्सको ६ लाख कित्ता शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More