श्रीमानकै अगाडी निकोल किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

20 September, 2017 14:35 | कला/मनोरन्जन , हलिउड | comments | 221850 Views

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको उपाधि जितिन् । तर, न्युयोर्कको माइक्रोसफ्ट थिएटरमा आयोजना भएको कार्यक्रममा उनको पुरस्कारको भन्दा पनि उनको हर्कतको चर्चा बढी भयो।

 

  

उनले कार्यक्रममा  पुरस्कार पाएको खुसीयालीमा  श्रीमानकै अगाडि आफ्नो टेलिभिजन शृंखला ‘बिग लिटल लाइज’ का नायक एलेक्जेन्डर स्कार्सगार्डलाई चुम्बन गरेकी थिइन् । एलेक्जेन्डरले पनि सहायक अभिनेताको अवार्ड हात पारेका थिए।

एलेक्जेन्डर अवार्ड ग्रहण गर्न स्टेजतर्फ जाँदै  गर्दा किडमेनले ओठमा चुम्बन गरेकी थिइन् । टेलिभिजन शृंखलामा एलेक्जेन्डरले किडमेनको श्रीमानको भूमिका निर्वाह गरेका छन् । वास्तविक जीवनमा किडमेनका श्रीमान् गायक किथ अर्बन हुन्। उनी किडमेनकै पछाडी उभिएका थिए ।

किडमेनले आफ्नै अगाडि एलेक्जेन्डरलाई चुम्बन गरेपछि उनले असहज महसुस गरेका थिए ।सो घटना ट्वीटरमा  भाइरल भएको थियो ।

आर्यनले सपनालाई चुम्बन गरेपछि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More